भारतीय राष्ट्रपति मुर्मूलाई टिमोर लेस्तेमा सर्वोच्च नागरिक सम्मान « Khabarhub

भारतीय राष्ट्रपति मुर्मूलाई टिमोर लेस्तेमा सर्वोच्च नागरिक सम्मान


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय राष्ट्रपति द्रौपदी मुर्मूलाई दक्षिणपूर्वी एशियाली मुलुक टिमोर लेस्तेमा सर्वोच्च नागरिक सम्मान दिइएको छ । टिमोर लेस्तेको भ्रमणमा पुगेकी राष्ट्रपति मुर्मूलाई ‘ग्राण्ड कलर अफ द अर्डर अफ टिमोर लेस्ते’ बाट सम्मान गरिएको हो ।

टिमोर लेस्तेका समकक्षी जोसे रामोस होर्ताले मुर्मूलाई उक्त सम्मानबाट विभूषित गरेको भारतीय राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार राष्ट्रपति मुर्मूलाई सार्वजनिक सेवा र शिक्षा, सामाजिक कल्याण तथा महिला सशक्तिकरणप्रति उनको निष्ठाका लागि सम्मान दिइएको हो ।

सम्मानपछि राष्ट्रपति मुर्मूले भारत र टिमोर लेस्तेबीच कायम मैत्रीपूर्ण सम्बन्धको प्रतिबिम्बस्वरुप आफूले उक्त सम्मान ग्रहण गरेको बताएकी छिन् । फिजीन्युजिल्याण्डको भ्रमण सकेर राष्ट्रपति मुर्मू टिमोर लेस्ते पुगेकी हुन् ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ६ : १४ बजे

मिटरब्याजसम्बन्धी आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं–  सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विगतका विभिन्न आयोगहरूको प्रतिवेदन

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत फिर्ता सुरु

काठमाडौं– बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच वटा

रास्वपा सांसद न्यौपानेको प्रश्न- ३५ वर्षको समस्या ३५ दिनमै कसरी हल हुन्छ ?

विगतमा उत्तरदायी र पारदर्शी राजनीति हुनुपर्छ भनेर सडकबाट आवाज उठाउने

स्वास्थ्य अवस्था गम्भीर बनेपछि पूर्वराष्ट्रपति टोलेडोले मागे मानवीय माफी

लिमा- भ्रष्टाचारसम्बन्धी मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका पेरुका पूर्वराष्ट्रपति अलेजान्ड्रो

मिडियामा गाडी पार्किङबारे रविले भने- रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारगृहबाहिर पार्किङ गरिएका