आईसीसी महिला टी–२० विश्वकप बंगलादेशबाट युएई सारियो « Khabarhub

आईसीसी महिला टी–२० विश्वकप बंगलादेशबाट युएई सारियो


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप क्रिकेट– २०२४ युएईमा हुने भएको छ । यस अघि बंगलादेशमा हुने भनिएको विश्वकप त्यहाँ भएको आन्दोलन र नयाँ सरकार गठनपछि जारी प्रतिबन्धहरूका कारण युएईमा सारिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जनाएको छ ।

प्रतियोगिता आगामी असोज १७ देखि कात्तिक १४ गतेसम्म युएईको दुबई र शारजाहमा हुने जनाइएको छ ।

आईसीसीले प्रतियोगिताको आयोजना स्थल मात्र बंगलादेशबाट युएईमा सरेको भन्दै आयोजक बंगलादेश क्रिकेट बोर्ड नै रहने जानकारी दिएको छ ।

यस विश्वकपमा आयोजक बंगलादेशसहित १० देशले भाग लिँदै छन् । जसमा बंगलादेशसहित अस्ट्रेलिया, इंग्ल्याण्ड, भारत, दक्षिण अफ्रिका, न्यूजील्याण्ड, वेस्ट इन्डिज, पाकिस्तान, स्कटल्याण्ड र श्रीलङ्का रहेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ७ : ५४ बजे

नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार आयोजना

काठमाडौं – नेपाल र कोरिया गणतन्त्रबीच ऊर्जा क्षेत्रमा सहकार्यलाई थप

एमाले महाधिवेशनमा सहभागीहरुमा मौसमी फ्लू र झाडापखालको संक्रमण 

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा चलिरहेको छ

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

गण्डकी– गृह मन्त्रालय र गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्

मुस्ताङका वन्यजन्तु पीडितलाई राहत रकम वितरण

मुस्ताङ– यहाँस्थित माथिल्लो मुस्ताङका वन्यजन्तु पीडित पशुधनीहरुलाई राहत रकम वितरण