सप्ताहव्यापी खिचापोखरी–न्यूरोड व्यापार मेला सुरु « Khabarhub

सप्ताहव्यापी खिचापोखरी–न्यूरोड व्यापार मेला सुरु


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको खिचापोखरी न्यूरोड क्षेत्रको व्यवसाय प्रवर्द्धन गर्न सप्ताहव्यापी खिचापोखरी–न्यूरोड व्यापार मेला सुरु भएको छ ।

खिचापोखरी न्यूरोड व्यापार सङ्घको आयोजनामा सुरु भएको मेलामा उपभोक्तालाई सहुलियत मूल्यमा ‘रेडिमेड’ कपडा तथा जुत्ता बिक्री गरिने  सङ्घका अध्यक्ष सागर शाक्यले जानकारी दिए।

 आजदेखि सुरु भएको मेला भदौ ११ गतेसम्म सञ्चालन हुनेछ । मेलामा सर्ट, पाइन्ट, टिसर्ट, रेडिमेड गार्मेन्ट र जुत्ताहरू ४० देखि ६० प्रतिशतसम्म छुटमा पाइने सङ्घका वरिष्ठ उपाध्यक्ष भरत बडालले बताए।

कुल छ सय व्यवसायी रहेको खिचापोखरी न्यूरोड क्षेत्रमा वर्षको दुईपटक यस्ता मेला आयोजना गरिने वरिष्ठ उपाध्यक्ष बडालले बताए। 

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ४ : २४ बजे

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह

चोभार गल्छीमा उर्लियो बागमती

काठमाडौं– निरन्तर वर्षाका कारण बागमती नदी र यसका सहायक खोलाहरूमा