कांग्रेस-एमाले गठबन्धन निर्वाचनसम्म जारी राख्नुपर्छ : नेता गच्छदार « Khabarhub

कांग्रेस-एमाले गठबन्धन निर्वाचनसम्म जारी राख्नुपर्छ : नेता गच्छदार


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

विराटनगर – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री विजयकुमार गच्छदारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुलभूत मान्यतामा कुनै असर नपर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले राजनीतिक स्थायित्व आउने गरी निर्वाचन प्रणालीमा सुधार गर्न पनि संविधान संशोधन आवश्यक रहेको उल्लेख गरे । उनले राजनीतिकमा आइरहने उतारचढावका कारण मुलुकको विकास र समृद्धिमा अवरोध आइरहेको चर्चा गर्दै भने, “सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्छ ।”

नेता गच्छेदारले संविधान संशोधन गर्दा समानुपातिक र समावेशी प्रतिनिधित्व हटाउने कुरा गलत अफवाह भएको भन्दै निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन हुनुपर्ने जिकिर गरे ।

उनले छुट्टै आयोग बनाएर संविधान संशोधन गर्नु भन्दा संसदीय समिति बनाएर संविधान संशोधन गर्दा उपयुक्त हुने धारणा व्यक्त गरे ।

फरक प्रसङ्गमा नेता गच्छेदारले २०७९ को निर्वाचनको परिणाम आएपछि नै आफूले राजनीतिक स्थिरताका लागि एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने धारणा व्यक्त गरेको र
दुई ठूला दल मिल्दा मुलुकमा राजनीतिक स्थिरता आई विकास र समृद्धिको यात्रा पूरा हुने भएकाले अहिलेको गठबन्धनलाई २०८४ सालको निर्वाचन सम्म जारी राख्नुपर्ने आवश्यकता औँल्याए ।

उनले नेपाली कांग्रेस र नेकपा एमालेसहितको मोर्चाले मुलुकमा ठूलठूला परिवर्तन गरेको बताउँदै वर्तमान संविधानलाई परिमार्जित र परिष्कृत बनाउन पनि गठबन्धनलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ११ : ०५ बजे

मन्त्रिपरिषद् बैठक बस्दै : के छ कार्यसूची

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मन्त्रिपरिषद्को बैठक

कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते

कैलाली – कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित ‘च गाउँ’ मा रहेको

सुकुम्वासी बस्तीबाट विस्थापित बालबालिकाको प्रश्न : घर नै छैन, स्कूल कसरी जाऊँ ?

काठमाडौँ – सरकारको निर्णयअनुसार शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट

प्रधानमन्त्री बालेन भन्छन्- भ्रममा नपर्नुस्, भूमिहीनको आवास सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदीकिनार र सरकारी

भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी

झापा वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा