आज २०८१ साल भदौ ७ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल भदौ ७ गते शुक्रबारको राशिफल


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल भदौ ७ गते शुक्रबार तदनुसार सन् २०२४ अगष्ट २३ तारिख। भद्र कृष्ण पक्षको चौथी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : सोचेको काम बन्नेछ। लगानीका क्षेत्रमा सहजता देखिन्छ। खर्च गर्ने बानीले परिवारमा विवाद हुनसक्छ। परिवार र समाजको भाव बुझेर गरेको लगानीबाट फाइदा हुनेछ। अन्य क्षेत्रमा भन्दा व्यापारमा गरेको लगानीबाट नाफा हुने योग छ।

वृष : धन आर्जन गर्ने दिन छ। दैनिकी सधैभन्दा फरक ढंगले चल्नुपर्नेछ। बोल्दा चलाखी अपनाउनुभएमा काम बन्नेछ। धार्मिक व्यक्तिको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। परिवारले अप्ठेरो अवस्थामा राम्रो साथ दिनेछन्।

मिथुन : दैनिकी राम्रो छ। नयाँ ठाउँको यात्रा गर्ने योग छ। राजनीतिमा झुकाव बढ्नेछ। लगानीका क्षेत्रमध्ये वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट प्रगति हुनेछ। परिवारमा बौद्धिक टकराब हुने देखिन्छ।

कर्कट : आज तपाईंले पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। दैनिक व्यवहारमा प्रगति हुनेछ। परिवर्तनको सुरुवात परिवार भित्रबाट गरेर समाजमा अगाडि बढ्नु राम्रो हुन्छ। परिवारमा टकराब हुने जोखिम भएकाले बोल्दा सचेत बन्नु राम्रो हुनेछ।

सिंह : तपाईंको प्रतिभाबाट सबै प्रभावित हुनेछन्। दायाँ र बायाँमा चन्द्र र सूर्यको प्रभाव रहेकाले तपाईंको बोली बिक्ने दिन छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। परिवारको सुझाव लिएर अगाडि बढ्नु फाइदा हुनेछ। लगानी गर्ने भए स्वदेशमै उचित क्षेत्र खोज्नु राम्रो हुनेछ।

कन्या : बल भन्दा बुद्धिले काम गर्नु राम्रो हुनेछ। लामो समयदेखि रोकिएका काम सफल बन्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। प्रेम सम्बन्ध रमाइलो मोडमा पुग्ने योग छ।

तुला : तपाईंका नयाँ योजनाको धेरै मानिसले खोजी गर्नेछन्। धेरै ठाउँमा सेवाका अवसर प्राप्त हुनेछन्। साना कुरामा अलमल गर्नुभन्दा ठुला कामको सुरुवात गर्नु फाइदा हुनेछ। परिवारको रचनात्मक साथ र सहयोग प्राप्त हुनेछ।

वृश्चिक :सरस्वतीको साथले शिक्षा क्षेत्रमा प्रगति हुने दिन छ। विदेशको रमझमले तपाईंलाई प्रभावित पार्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीको प्रयासबाट मन शान्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : सञ्चित धन खर्च गर्ने समय छ। विपक्षी समूहले षड्यन्त्र गरिरहेकाले सचेत बन्नु राम्रो हुनेछ। लगानीका क्षेत्रमध्ये ज्ञान, विज्ञान र प्राविधिक क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध कसिलो बन्ने दिन छ।

मकर : बौद्धिक क्षेत्रमा तपाईंको नामको चर्चा हुनेछ। संघ संस्थामा तपाईंको चरित्रमाथि प्रश्न उठ्ने खतरा देखिन्छ। समाजमा शंकालु नजरले हेर्ने साथीको संख्या धेरै भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

कुम्भ : चन्द्रमासहितका शुभ ग्रहले तपाईंलाई साथ दिएका छन्। शनिदेव अल्पमतमा भएकाले तपाईंको काम बन्नेछ। कार्यक्षेत्रमा सम्मान मिल्ने योग छ। परिवारसँग बसेर खानपानको अवसर प्राप्त हुनेछ।

मीन : तपाईंको दैनिकी देखेर साथीभाइ र प्रशंसक खुसी हुनेछन्। आजको दिन धेरै समय सौन्दर्यका लागि बित्नेछ। अरुले तपाईंको प्रशंसा गरे पनि मन शान्त नहुने योग छ। मन चञ्चल हुँदा परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ५ : १८ बजे

मौसम परिवर्तनसँगै बिरामी बढे : सावधानी अपनाउन चिकित्सकको आग्रह

काठमाडौं – काठमाडौं उपत्यका लगायत देशभर भाइरल ज्वरो र रुघाखोकीका

बालेनको ‘वाचापत्र’ सार्वजनिक, भ्रष्टाचारविरुद्ध उभिने सङ्कल्प: यी हुन् प्रमुख बुँदा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले

इरानमाथि ठूलो हमला गर्ने मुडमा ट्रम्प, एक सातासम्म लम्बिन सक्छ युद्ध

काठमाडौं– अमेरिकाले मध्यपूर्वमा तीव्र गतिमा सेना, सैन्य उपकरण र हातहतियार

कास्कीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण

कास्की– आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा

विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ मा आज वेस्ट