रविको पक्षमा उदयपुरमा पनि प्रदर्शन | Khabarhub Khabarhub

रविको पक्षमा उदयपुरमा पनि प्रदर्शन


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कार्यक्रम प्रस्तोता रवि लामिछानेको रिहाइको माग गर्दै उदयपुरको गाइघाटमा प्रदर्शन गरिएको छ ।

शालिकराम प्रकरणमा अनुसन्धान गर्न भन्दै प्रहरी हिरासतमा रहेका लामिछानेको विनाशर्त रिहा गर्न माग गर्दै प्रदर्शन गरिएको हो ।
शनिवार गाइघाटमा स्वतन्त्र नागरिक समूहको नामा युवाहरुले रविको पक्षमा प्रदर्शन गरेका हुन् ।

यसअघि आजै काठमाडौंमा पनि रविको पक्षमा वृहत प्रदर्शन भएको थियो ।  प्रदर्शनमा सहभागीहरुले रविको विनाशर्त रिहाइको माग गरेका थिए ।

रविलाई विभिन्न वाहनामा फसाउन लागिएको भन्दै उनीहरुले त्यसो नगर्न प्रहरी प्रशासनलाई चेतावनी दिएका थिए ।

पूर्व सहकर्मी शालिकराम पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियोमा रविसहितका तीन जनामाथि आत्महत्या गर्न बाध्य पारेको अभियोग उनले लगाएका छन् ।

यस्तो आरोपसहितको भिडियो सार्वजनिक भएपछि प्रहरीले रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरुअहिले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका छन् । प्रहरीले तीनै जनालाई भोलि आइतवार अदालत पेश गर्दै छ ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ७ : १७ बजे

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी

धनुषामा पुरुषको शव फेला 

काठमाडौं– धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ