एएफसी महिला च्याम्पियनसिप : एपीएफ उज्वेकस्तानको नसाफसँग पराजित « Khabarhub

एएफसी महिला च्याम्पियनसिप : एपीएफ उज्वेकस्तानको नसाफसँग पराजित


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणको पहिलो खेलमा नेपालको एपीएफ क्लब पराजित भएके छ । आइतबार साँझ भएको खेलमा एपीएफ उज्वेकिस्तानको पिएफसी नसाफसँग १–० ले पराजित भएको हो ।

मलेसियाको लिक्सा स्टेडियममा भएको खेलमा पिएफसी नसाफले ४९ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि लिलीले गोल गरिन् ।

पहिलो हाफमा बराबरीमा सकिएपनि एपिएफ दोस्रो हाफको सुरुवातमा नै चुक्यो । एपिएफले बुधवार अन्तिम खेलमा मलेसियाको सबाह एफसीसँग खेल्नेछ । एपिएफ नेपालको महिला लिग च्याम्पियनको हैसियतमा प्रतियोगिताका लागि छनोट भएको हो ।

एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले पहिलो पटक वुमेन्स च्याम्पियन्स लिगको आयोजना गरेको हो । लिगमा २२ सदस्य राष्ट्रका क्लबहरुको सहभागिता रहनेछ ।

सन् २०२४ को फिफा वरियताको शीर्ष ८ मा रहेका राष्ट्रका क्लबहरुले सिधै समुह चरणमा स्थान बनाएका छन्। अन्य १४ क्लबले भने प्रारम्भिक चरण पार गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ८ : २९ बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै