कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक सारेको छ । कांग्रेसले बुधबारका लागि बस्ने भनिएको बैठक भदौ १६ गतेका लागि सारेको हो ।

कांग्रेसको मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर केन्द्रीय कार्यसमितिको बैठकको मिति परिवर्तन गरिएको जनाएका छन् । उनले बैठक सार्नुको कारण भने खुलाएका छैनन् ।

कांग्रेसले साउन २३ गतेबाट केन्द्रीय कार्यसमिति बैठक डाकेर विभिन्न ११ एजेन्डाहरूमा छलफल गरिरहेको छ ।

बैठकमा अहिलेसम्म पूर्वपदाधिकारी र पदाधिकारीबाहेकका नेताहरूले आ–आफ्नो धारणा राखिसकेका छन् ।

बैठक विशेष गरी गत फागुनमा सम्पन्न महासमिति बैठकमा महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनहरूमा केन्द्रित देखिएको छ ।

महासमितिले बैठकमा पेस भएका प्रतिवेदनहरू केन्द्रीय कार्यसमिति बैठकबाट परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ३ : २६ बजे

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक