अमेरिका–चीन व्यापार युद्धः अमेरिकी सामानमा पनि चीनले बढायो कर « Khabarhub

अमेरिका–चीन व्यापार युद्धः अमेरिकी सामानमा पनि चीनले बढायो कर


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाले चीनविरूद्ध चालेको व्यापार युद्ध निरन्तर चर्किने संकेत स्वरूप चीनले पनि जवाफी कार्वाही थाल्ने भएको छ ।

अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले चीनबाट आयात गर्ने करिब ३ खर्ब अमेरिकी डलरका सामानमाथि दुई चरणमा १० प्रतिशत भन्सार कर असुल्ने घोषणा गरेको दश दिन पनि नबित्दै चीनले जवाफी कार्वाहीको घोषणा गरेको हो।
अमेरिकाले गत अगष्ट १५ तारिख गरेको भन्सार कर वृद्धिको घोषणा क्रमशः सेप्टेम्बर १ र डिसेम्बर १५ तारिखदेखि कार्यान्वयनमा आउनेछ ।

बदलास्वरूप चीनले पनि शुक्रबार एउटा घोषणा गर्दै अमेरिकामा उत्पादित ५ हजार ७८ वटा वस्तुका करिब ७५ अर्ब डलरका सामानमाथि क्रमशः १० र ५ प्रतिशत भन्सार कर बढाएको छ । अमेरिकाले लागू गरेकै दिनबाट चीनले पनि अमेरिकी सामानमा बढाइएको कर लागू गर्ने भएको छ ।

यसअघि चीन र अमेरिकी शीर्ष नेताबीच अर्जेन्टिना वार्तामा गत वर्षको डिसेम्बर १४ मा यस वर्षको जनवरीदेखि तीन महिनासम्म वृद्धि गरिएको भन्सार कर नअसुल्ने र वार्ता जारी राख्ने सहमति भएको थियो। गत अप्रिलदेखि स्थगित भन्सार कर निरन्तर राख्ने चीनको सदाशयताका बाबजुद अमेरिकाले मे १० देखि २ खर्ब डलरको चिनियाँ सामानमा १० प्रतिशतको भन्सार कर २५ प्रतिशतसम्म बढाउने घोषणा गरेपछि स्थिति बिग्रिएको हो।

त्यसपछि अगष्ट १५ मा अमेरिकाले फेरि ३ खर्ब डलरका चिनियाँ सामानमा १० प्रतिशत भन्सार कर थप्ने घोषणा गर्यो। चीनले भनेको छ, ‘अमेरिकाका यी कदमले आपसी व्यापार संघर्ष बढाएको छ र शीर्ष नेताबीचको अर्जेन्टिना र ओसाका सहमति भंग गरेको छ।’

अमेरिकाका लागि चीन नै सबैभन्दा ठूलो वैदेशिक बजार हो। सन् २०१७ मा अमेरिकाले निर्यात गर्ने भटमासको ५७ प्रतिशत चीनमा बेचिएको थियो। तर सन् २०१८ मा अमेरिकी भन्सार नीति र चीनको जवाफी कदमले अमेरिकी भटमासको चीनतर्फ निर्यात मात्रा करिब १८ प्रतिशतमा झरेको थियो।

अर्जेन्टिना वार्तापछि चीनले अमेरिका उत्पादित मोटर गाडी र कलपूर्जामा थप भन्सार कर असुल्न रोकेको थियो तर अमेरिकाले सर्त तोडेको आरोपमा चीनले पनि फेरि अमेरिकी पार्टपूर्जामा पुनः भन्सार असुल्नेछ। चीनले आफ्नो कदम अमेरिकाको एकपक्षीयतावाद र व्यापारिक संरक्षणवादको प्रतिकारमा भएको दावी गरेको छ।

उसले भनेको छ, ‘आर्थिक तथा व्यापारिक विवादमा चीनले सदैव सहयोगको तरीकामार्फत समाधान खोज्न चाहन्छ तर महत्वपूर्ण सैद्धान्तिक मामिलामा पछि हट्दैन।’

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ११ : ०१ बजे

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा

इरान तनावबीच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

एजेन्सी– बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको

बर्दगोरियाका छ वटा खोलामा तटबन्ध निर्माण

गोदावरी– जिल्लाको बर्दगोरिया गाउँपालिकाका विभिन्न छ नदी तथा खोलामा तटबन्ध