सशस्त्र प्रहरीका चार डिआइजीको सरुवा « Khabarhub

सशस्त्र प्रहरीका चार डिआइजीको सरुवा


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालका चार जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा भएको छ । गृह मन्त्रालयले चार जना सशस्त्र प्रहरी नायब महानिरीक्षकको सरुवा गरेको हो । मन्त्री स्तरको निर्णयअनुसार बुधबार डिआइजीको काज सरुवा गरेको सशस्त्र प्रहरीको प्रधान कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुको प्रशासनिक दृष्टिकोण तथा संगठनको आवश्यकता अनुसार सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३५ (१) ख बमोजिम काज सरुवा गरिएको बताइएको छ ।

डिआइजी अभिकुमार खत्री ५ नम्बर बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपेन्देहीबाट मानव स्रोत विभागमा तानिएकाे छ । दुर्गा प्रसाद भट्टराई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सरुवा भएका छन् । उनी यसअघि ६ नम्बर महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत थिए ।

त्यस्तै राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा कार्यरत प्रदिप कुमार पाललाई ५ नम्बर बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपेन्देही पठाइएको छ ।  मानव स्रोत विभागमा कार्यरत सुरेश कुमार श्रेष्ठको महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरुवा गरिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ८ : ४६ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि