धनुषाको महेन्द्रनगरस्थित आयल निगमको डिपोमा कार्यरत कर्मचारीको हत्या « Khabarhub

धनुषाको महेन्द्रनगरस्थित आयल निगमको डिपोमा कार्यरत कर्मचारीको हत्या


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएको छ । हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्मा छन् । उनी ज्यालादारीमा कर्मचारी थिए ।

आयल निगमको एउटा कोठामा वादविवादको क्रममा उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन आवाले जानकारी दिए । 

घटनामा संलग्न भएको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका -४ का प्रकाश यादव रहेका छन । घटनाको विषयमा थप अनुसन्धान भैरहेको डीएसपी आवाले बताए ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  १२ : २२ बजे

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र

युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा, हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युक्रेनलाई थप सैन्य तथा सुरक्षा सहयोग

रुसको गुप्तचर गतिविधिबारे खुलासापछि जापान सतर्क, जासुसी नियन्त्रण थप कडा बनाउने तयारी

टोकियो– रुसले जापानलाई गुप्तचर गतिविधि सञ्चालन तथा युक्रेन युद्धसँग सम्बन्धित

सीके राउत भन्छन् : सञ्चार गृहसामुन्ने शंकास्पद गाडी राख्नेले भोलि घरमा बम पनि राख्न सक्छ

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न सञ्चारगृह