घुस लिएको आरोपमा रूसी सेनाका जनरल पक्राउ « Khabarhub

घुस लिएको आरोपमा रूसी सेनाका जनरल पक्राउ


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

मस्को – रूसले घूस लिएको आरोपमा अर्का एक वरिष्ठ सैन्य अधिकारीलाई पक्राउ गरेको छ ।

रक्षा मन्त्रालयको स्रोत विभागमा काम गर्ने मेजर जनरल भ्यालेरी मुमिनजानोभले सेनाको पोशाक आपूर्ति गर्न राष्ट्रिय निजी कम्पनीहरूसँग सम्झौता मिलाउन पदीय मर्यादा विपरीत काम (मध्यस्थता) गरेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

“सम्झौताको मध्यस्थताका लागि ती अधिकारीले २० लाख रूबलभन्दा बढीको ठूलो रकम घुस लिएका थिए,” रूसको अनुसन्धान समितिले जनाएको छ ।

“मुमिनजानोभ र उहाँको परिवारका सदस्यहरू मस्को र वोरोनेजमा १२ करोड रूबलभन्दा बढीको असङ्ख्य घर जग्गा र सम्पत्ति छ, जसको वैधता जाँच भइरहेको छ,” उनले भने ।

दोषी प्रमाणित भएमा उनले १५ वर्षसम्म जेल सजाय भोग्नुपर्नेछ । मस्कोले अप्रिलदेखि कम्तिमा १० सैन्य अधिकारीहरूलाई गिरफ्तार गरेको छ ।

गत हप्ता, पूर्व उपरक्षा मन्त्री पावेल पोपोभलाई मनोरञ्जन पार्कको निर्माणसँग जोडिएको ठगीको आरोपमा पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ९ : १५ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको