फिलिपिन्समा आँधीसँगै आएको बाढीमा १४ जनाको मृत्यु « Khabarhub

फिलिपिन्समा आँधीसँगै आएको बाढीमा १४ जनाको मृत्यु


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मनिला– फिलिपिन्समा उष्णकटिबन्धीय आँधी यागीले निम्त्याएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको सरकारले मंगलबार जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का प्रवक्ता एडगर पोसादासले दुर्घटनामा परी लुजन टापु तथा मध्य फिलिपिन्समा १२ जनाको मृत्यु भएको बताएका छन् ।

उनका अनुसार मनिलाको दक्षिणपश्चिम प्रान्तमा दुई जनाको मृत्यु भएको छ भने मनिलाको पूर्वी प्रान्तमा अझै चार जना बेपत्ता छन् ।

उष्णकटिबन्धीय आँधीको प्रभावका कारण भएका डुबान, पहिरो, बिजुलीको करेन्ट लगायतका दुर्घटनामा परी अधिकांश महिला तथा बालबालिकासहित पीडितहरूको मृत्यु भएको जनाइएको छ ।
साता व्यापीरुपमा कायम रहेको यागी आँधी र मनसुनले निम्त्याएको भारी वर्षाले फिलिपिन्सको राजधानी मनिला र द्वीपसमूहका अन्य भागमा आएको पहिरोले घर तथा गाउँहरू प्रभावित भएका छन् ।

फिलिपिन्सको मौसम विभागका अनुसार यागी मंगलबार उत्तरी फिलिपिन्सको इलोकोस नोर्टे प्रान्तको पश्चिमतर्फ २५ किलोमिटर प्रति घण्टाको गतिमा बगिरहेको छ भने ८५ किलोमिटर प्रति घण्टा हावा तथा १०५ किलोमिटर प्रति घण्टाको गतिमा आँधीबेहरी बहेको छ ।

यागीले बुधबार फिलिपिन्स छोड्ने , पूर्वानुमान अवधिभर तीव्र हुने र आगामी १२ घण्टामा गम्भीर उष्णकटिबन्धीय आँधीबेहरी तथा बिहीबार टाइफुनको श्रेणीमा पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ३ : ३४ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी