स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको फराकिलो जित « Khabarhub

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको फराकिलो जित


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्कटल्याण्डविरुद्धको टि–२० सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले सानदार जित निकालेको छ । बुधबार भएको खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई सात विकेटले पराजित गरेको हो ।

सुरुमा ब्याटिङ गरेको घरेलु टोली स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । १५५ रनको लक्ष्य पछ्याएको पाहुना टोली अस्ट्रेलियाले ६२ बल बाँकी रहँदै ३ विकेट गुमाएर पूरा गर्यो ।

अस्ट्रेलियाका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ८० रन बनाए । २५ बलको सामना गरेका हेडले १२ चौका र ५ छक्का प्रहार गरे । त्यस क्रममा उनले १७ बलमा अर्धशतक समेत प्रहार गरे ।

त्यस्तै कप्तान मिचेल मार्शले १२ बलमा ५ चौका र ३ छक्कासहित ३९ रन बनाए । त्यस्तै जोस इङ्ग्लिसले २७ रन बनाए । स्कटल्याण्डका लागि मार्क वाटले २ तथा ब्रेन्डन म्याकमुलनले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डका लागि जर्ज मुन्सेले १६ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक २८ रन बनाए । त्यस्तै म्याथ्यु क्रसले २७, रिची वेरिङ्टन २३, ब्रेन्डन म्याकमुलनले १९ रन बनाए ।

अस्ट्रेलियाका लागि सन एबोटले तीन विकेट लिए । त्यस्तै जेभियर बार्टलेट र एडम जाम्पाले समान २ तथा क्यामरन ग्रिन र राईली मेरिडेथले समान १ विकेट लिए ।

योसँगै अस्ट्रेलियाले ३ खेलको सिरिजमा १(० को अग्रता बनाएको छ । सिरिजको दोस्रो खेल शुक्रबार र तेस्रो खेल शनिबार हुनेछ ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  १० : ३८ बजे

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन