स्वयं कर घोषणाः गलत विवरण बुझाए कर छली सरह कारबाही हुने « Khabarhub

स्वयं कर घोषणाः गलत विवरण बुझाए कर छली सरह कारबाही हुने


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वयम् कर घोषणा अन्र्तगत व्यक्तिले गलत विवरण बुझाएमा कर छली सरह नै कारबाही हुने भएको छ ।

संसदीय समितिमा छलफलको क्रममा रहेको राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संसोधन ) विधेयक २०७५मा व्यक्तिले झुट्टा विवरण बुझाएको पाईएमा कर छली कसुर अनुसार नै कारवाही हुने व्यवस्था गरिएको हो ।

संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिको आईतबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले नागरिकलाई राज्यप्रति जवाफदेही र जिम्मेवार बनाउनका लागि स्वयम् कर घोषणा गर्न दिईएको तर त्यसमा झुटो विवरण भरेको पाइए कर छलि सरह ठहर भई कारवाही हुने बताए ।

समितिले दण्ड सजाय सम्बन्धी विधेयकमा उल्लेखित व्यवस्थामा पनि केही संसोधन गर्ने तयारी गरेको छ । कैदको समय धेरै राख्दा जेल भर्ने अभियान मात्रै हुने र राजश्व असुलीमा सकारात्मक भन्दा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै ५० लाख सम्मको अधिकतम अंक तोकेर त्यसभन्दा बढी हुनेलाई बिगो बराबरको जरिवाना सहित कैदको व्यवस्था गर्न लागिएको हो ।

बैठकमा समिति सदस्यहरुले विधेयकमा जरिवाना र कैदको समय बढी भयो भन्दै संसोधन गर्नुपर्नेमा सुझाव दिएका थिए । उनीहरुले कसुर वापतको दण्ड सँजायको मात्रा ठुलो हुदैमा राजश्व असुली नहुने तर्क गरेका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ११ : ४५ बजे

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८