कांग्रेस- एमाले समीकरणको उद्देश्य मुलुकलाई संकटबाट बचाउनु हो : महासचिव पोखरेल « Khabarhub

कांग्रेस- एमाले समीकरणको उद्देश्य मुलुकलाई संकटबाट बचाउनु हो : महासचिव पोखरेल


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कर्णाली– नेकपा कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा विद्यमान राष्ट्रिय संकट खन्त्य गर्न दुई ठूला दलबीच गठबन्धन भएको बताएका छन् ।

नेकपा एमाले कर्णाली प्रदेश समितिको सचिवालय बैठकमा सहभागी हुन आएका महासचिव पोखरेलले आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाली कांग्रेस र एमालेबीचको समीकरणको उद्देश्य मुलुकलाई संकटबाट बचाउनु रहेको उल्लेख गरे ।

‘समीमकरणको मूल उद्देश्य मुलुकको लोकतन्त्रलाई सही दिशामा लैजाने, अहिलेसम्मका संवैधानिक कानुनी अभ्यासको समीक्षा गर्ने र संविधानको आवश्यक सुधार गरी मुलुकलाई स्थायित्व प्रदान गर्ने संकल्प हो’, उनले भने। 

महासचिव पोखरेलले यो सरकार बनेपछि अर्थतन्त्र चलायमान हुन थालेको भन्दै युवाहरूलाई स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्न ‘स्टार्टअप’ परियोजना सुरु गरी बिना धितो कर्जा लिने व्यवस्था गरिएको जानकारी दिए। उनले युवालाई देशभित्र बस्ने र आशा जगाउने गरी पैरवी गर्न यस क्षेत्रमा कलम चलाउन पत्रकार तथा सञ्चारकर्मीहरूलाई आग्रह गरे।

एमालेलाई राष्ट्रिय निर्णायक शक्तिका रुपमा निर्माण गर्ने अभियानलाई पूरा गर्न १८ कार्ययोजना बनाएर अगाडि बढाइएको महासचिव पोखरेलले जानकारी दिए। कांग्रेस–एमाले दुवै दल आगामी निर्वाचनमा एक्लाएक्लै लड्ने उनले बताए।

सत्ताबाट बाहिरिएपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं संसद्को प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै महासचिव पोखरेलले अध्यक्ष प्रचण्डलाई जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरे ।

समानुपातिक समावेशीतालाई सुरक्षित राखेर मुलुकलाई स्थायित्व दिन संविधानको आवश्यक संशोधन गर्न खोजिएको भन्दै त्यसमा सबैलाई साथमा लिएर अगाडि बढ्ने उनले उल्लेख गरे। 

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  २ : ३७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु