सरकारको निर्णय : पलेशालाई ६५ लाख, प्रशिक्षकलाई ५ लाख ८५ हजार पुरस्कार « Khabarhub

सरकारको निर्णय : पलेशालाई ६५ लाख, प्रशिक्षकलाई ५ लाख ८५ हजार पुरस्कार


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फ्रान्सको पेरिसमा भएको पारालिम्पिक प्रतियोगितामा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल पलेशा गोवर्धनलाई सरकारले ६५ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पसेसलाई ६५ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार पलेशालाई सम्मानस्वरुप ६५ लाख रुपैयाँ नगद पुरस्कार दिँदा प्रशिक्षक र टीम व्यवस्थापकलाई पनि सम्मान गर्ने निर्णय भएको छ ।

पलेशाका प्रशिक्षकलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार दिने निर्णय भएको उनले बताए ।

बुधबार मात्रै प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पलेशालाई दिइने पुरस्कारमा कर नलगाउने बताएका थिए ।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । उनी पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी भएकी छन् ।

उक्त अवसरमा उक्त खेलका प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गरेका थिए। यसअघि काठमाडौं महानगरपालिकाले पलेशलाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिइसकेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ७ : ४९ बजे

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका– लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको सन्

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको