झाडाबान्ताले एकजनाको मृत्यु | Khabarhub Khabarhub

झाडाबान्ताले एकजनाको मृत्यु


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बाँके— बाँकेको जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए ।

‘परीक्षणमा हैजाको जीवाणु देखिएको छैन, खानेपानी प्रशस्त नखाएको र समयमा उपचार नभएकाले मृत्यु भएको हुनसक्छ’, उनले भने । सो पालिकामा तीनजनामा झाडाबान्ताका बिरामी भेटिएका छन् ।

तीमध्ये एकजनाको भेरी अस्पताल र अर्का एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । एकजना भने उपचारपछि घर फर्केका छन् ।

यसअघि जिल्लाको नरैनापुरमा विभिन्न समयमा झाडाबान्ता र अन्य स्वास्थ्य समस्याका कारण पाँचजनाको मृत्यु भएको अधिकारी श्रेष्ठले बताए ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ८ : १८ बजे

कानूनसहित विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछन् ।

प्रतिनिधिसभा बैठक बस्दै, निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो

सातवटै प्रदेशमा वर्षाको सम्भावना, केही भूभागमा ठूलो पानी पर्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायलको टेलिभिजनमा आक्रमण गर्ने इरानको चेतावनी

तेहरान – इजरायल र इरानले सञ्चार माध्यममै आक्रमण सुरु गरेका

फिफा क्लब विश्वकप : ब्राजिलियन बोटाफेगोको जित

काठमाडौं – फिफा क्लब विश्वकपको सोमबार भएको खेलमा बोटाफेगोले सिटललाई