ज्ञानेन्द्र शाहीको प्रश्न- दीक्षान्तका लागि टाढाबाट पुगेका विद्यार्थीको खर्च कसले व्यहोर्ने ? « Khabarhub

ज्ञानेन्द्र शाहीको प्रश्न- दीक्षान्तका लागि टाढाबाट पुगेका विद्यार्थीको खर्च कसले व्यहोर्ने ?


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह रोकिएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्रधानमन्त्रीको समय नमिलेका कारण अन्तिम समयमा दीक्षान्त समारोह रोकिएको भन्दै आपत्ति समेत जनाएका छन् ।

बैठकमा राप्रपा संसदीय दलको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सम्पूर्ण तयारी पछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा प्रधानमन्त्रीको निर्देशनमा स्थगित गरिएको भन्दै आपत्ति जनाए। उनले दीक्षान्तका लागि विभिन्न स्थानबाट पुगेका विद्यार्थीको खर्च कसले व्यहोर्ने भन्दै प्रश्न गरे।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुन नसक्ने भएपछि स्थगित गरिएको थियो । भाद्र २३ गतेका लागि तय भएको दीक्षान्त समारोह आगामी कार्तिक २८ गते गर्ने विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  २ : ४२ बजे

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी