दिक्तेलमा ‘खोटाङ फ्युल सेन्टर’ « Khabarhub

दिक्तेलमा ‘खोटाङ फ्युल सेन्टर’


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रमितेडाँडामा करिब रु छ करोड लगानीको ‘खोटाङ फ्युल सेन्टर’ सञ्चालनमा ल्याइएको छ ।

नेपाल आयल निगमको आधिकारिक बिक्रेताका रूपमा स्थापना गरिएको ‘खोटाङ फ्युल सेन्टर’ सोमबारदेखि २४ सै घण्टा खुला रहनेगरी सञ्चालन ल्याइएको हो ।

स्थानीय केशव थापा, रामेश्वर बराल र सरोज श्रेष्ठको संयुक्त लगानीमा स्थापना गरिएको ‘खोटाङ फ्युल सेन्टर’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले सेन्टरको औपचारिक रुपमा उद्घाटन गरे । करिब पाँच वर्ष लगाएर स्थापना गरिएको फ्युल सेन्टरको औपचारिक उद्घाटन गरिएलगत्तै नियमित सेवासमेत प्रवाह गरिएको सञ्चालक सञ्जिव थापाले जानकारी दिए।

औपचारिक रुपमा सञ्चालन गरिएको फ्युल सेन्टरमा पेट्रोल प्रतिलिटर १६८ रुपैयाँ ४० पैसा तथा डिजेल प्रतिलिटर १५९ रुपैयाँ ३० पैसामा बिक्रीवितरण सुरु गरिएको छ । पाँच वर्षअघि ९विसं २०७६ जेठ–२८ गते० नेपाल आयल निगमबाट स्वीकृति लिएर स्थापना गरिएको फ्युल सेन्टरले पेट्रोल र डिजेल दुवैमा चार÷चारवटा नुजल जडान गरेर एउटै समयमा चारवटा सवारी साधनमा पेट्रोलियम पदार्थ वितरण सुरु गरेको हो ।

फ्युल सेन्टर स्थापनाका लागि जग्गा खरिदमा रु दुई करोड, घडेरी सम्याउन तथा पर्खाल निर्माणमा रु एक करोड, ट्रस निर्माणमा रु एक करोड, ट्याङ्की निर्माणमा रु २५ लाख, मेसिन खरिदमा रु ३० लाख, घर निर्माणमा रु ३५ लाख तथा अन्य संरचना निर्माणमा रु ९० लाख खर्च भएको लगानीकर्ता केशव थापाले जानकारी दिए ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘खोटाङ फ्युल सेन्टर’सँगै दुईवटा फ्युल सेन्टर भएका छन् । ‘खोटाङ फ्युल सेन्टर’ रहेको स्थानभन्दा करिब ३०० मिटर टाढा स्थानीय महेन्द्र राई र ध्रुब श्रेष्ठको संयुक्त लगानीमा सात वर्षअघि हलेसी आयल ट्रेड एण्ड सप्लायर्स नामको पेट्रोल पम्प सञ्चालन गरिएको थियो ।

हलेसी आयल ट्रेड एण्ड सप्लायर्सले प्रयाप्त पेट्रोल वा डिजेल उपलब्ध गराउन नसक्दा जिल्लामा सञ्चालित विकासे योजनाका ठेकेदारहरू आफूलाई आवश्यक पर्ने डिजेल तथा पेट्रोल खरिद गर्न ठूला शहर पुग्नुपर्ने बाध्यता थियो । आयल निगमको आधिकारिक बिक्रेताका रुपमा स्थापना गरिएको खोटाङ फ्युल सेन्टर सञ्चालनमा आएपछि डिजेल र पेट्रोलको कालोबजारीसमेत रोकिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ९ : ०८ बजे

आज २०८३ साल वैशाख २ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २ गते बुधबार ।

मोदीलाई ट्रम्पको फोन, के भयो कुराकानी ?

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई

प्रधानमन्त्रीले भोलि सबै समानुपातिक सांसदसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीको तर्फबाट संघीय संसदमा

सशस्त्रका असई शेर्पाले गरिन् लोबुचे हिमालको आरोहण

काठमाडौँ – सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पाले नयाँ

कैलाली दुर्घटनामा दुई जनाको मृत्यु

धनगढी – कैलालीको लम्कीमा विंगर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको