सुनको मूल्य अझै बढ्ने, ११ वर्षमा ३ हजार प्रतिशतले बढ्यो « Khabarhub

सुनको मूल्य अझै बढ्ने, ११ वर्षमा ३ हजार प्रतिशतले बढ्यो


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ११ वर्षमा सुन प्रतितोला ३ हजार १ सय ५० प्रतिशतले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार २०६५ मा सुन प्रतितोला २२ हजार रुपैयाँमा कारोबार भएको र २०७६ को साउनको अन्तिम बिहीबारसँग तुलना गर्दा तोलामा ३ हजार १ सय ५० प्रतिशत वृद्धि भएको हो ।

महासंघको तथ्यांकअनुसार ११ वर्षमा बिहीबार साढे ६ गुणाले बढेर सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँ पुगेको छ । बिहीबार मात्रै प्रतितोला सुन १ हजार २ सय बढेर ७१ हजार ५ सय रुपैयाँमा पुगेको हो । बुधबार सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मेन्द्र बज्राचार्यले अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको मूल्य बढेपछि त्यसको असर नेपालमा परेको बताए ।

अमेरिका, इरान, भारत र उत्तर कोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजारमा तेलको मूल्यमा भएको थपघटले लगानी कर्ता सुनमा आर्कषित हुँदा मूल्य अकासिएको बज्राचायको भनाइ छ । बज्राचायका अनुसार सुनको मूल्य ७५ हजार रुपैयाँसम्म पुग्न सक्छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ९ : ३० बजे

सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी

सप्तरी– जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषा– धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना