सुनको मूल्य अझै बढ्ने, ११ वर्षमा ३ हजार प्रतिशतले बढ्यो | Khabarhub Khabarhub

सुनको मूल्य अझै बढ्ने, ११ वर्षमा ३ हजार प्रतिशतले बढ्यो


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ११ वर्षमा सुन प्रतितोला ३ हजार १ सय ५० प्रतिशतले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार २०६५ मा सुन प्रतितोला २२ हजार रुपैयाँमा कारोबार भएको र २०७६ को साउनको अन्तिम बिहीबारसँग तुलना गर्दा तोलामा ३ हजार १ सय ५० प्रतिशत वृद्धि भएको हो ।

महासंघको तथ्यांकअनुसार ११ वर्षमा बिहीबार साढे ६ गुणाले बढेर सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँ पुगेको छ । बिहीबार मात्रै प्रतितोला सुन १ हजार २ सय बढेर ७१ हजार ५ सय रुपैयाँमा पुगेको हो । बुधबार सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मेन्द्र बज्राचार्यले अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको मूल्य बढेपछि त्यसको असर नेपालमा परेको बताए ।

अमेरिका, इरान, भारत र उत्तर कोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजारमा तेलको मूल्यमा भएको थपघटले लगानी कर्ता सुनमा आर्कषित हुँदा मूल्य अकासिएको बज्राचायको भनाइ छ । बज्राचायका अनुसार सुनको मूल्य ७५ हजार रुपैयाँसम्म पुग्न सक्छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ९ : ३० बजे

सहज खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

गण्डकी– पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले खानेपानी

भारतीय विद्युतमन्त्री खट्टर आज नेपाल आउँदै 

काठमाडौं– भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार

पोपको निधनले संसारका धेरै कार्यक्रम प्रभावित

काठमाडौं – पोप फ्रान्सिसको निधनले संसारका धेरै देशका निर्धारित कार्यक्रम

बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको

पाल्ही बहुमुखी सहकारी संस्थामा ८५ लाख बढी हिनामिना

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका– ४ मा सञ्चालित पाल्ही