सत्ता पक्षले संसदमा बलमिच्याईं गर्न खोज्यो : माधव सापकोटा « Khabarhub

सत्ता पक्षले संसदमा बलमिच्याईं गर्न खोज्यो : माधव सापकोटा


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सत्ता पक्षले संसदमा बलमिच्याईं गरेको आरोप लगाएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत सापकोटाले संसदप्रति जवाफदेही हुनुपर्ने सत्तापक्षले दम्भपूर्ण व्यवहार देखाएको आरोप लगाएका हुन् ।

उनले लेखेका छन्, ‘संसद प्रतिपक्षको थलो हो भन्ने विश्वव्यापी मान्यतालाई चुनौती दिँदै, बलमिच्याई गर्न खोजेको प्रष्ट हुन्छ। संसदप्रति जबाफदेही हुनुपर्ने सत्तापक्षले दम्भपूर्ण व्यवहार देखाएपछि असहज अवस्था सिर्जना भएको छ।’

साथै उनले जनयुद्धको गौरवपूर्ण इतिहासलाई कम आँक्ने प्रयास पूर्णत अस्वीकार्य रहेको उल्लेख गरेका छन् । ‘दुई तिहाईको दम्भमा प्रतिपक्षलाई कम आँक्ने र निषेध गर्ने शैली आपत्तिजनक छ। ऐतिहासिक जनयुद्धको गौरवपूर्ण इतिहासलाई कम आँक्ने प्रयास पूर्णत अस्वीकार्य छ।आज संसदमा सुनाइएको निष्कर्ष समयमै सच्याउंदा नै संसदको अबको सहज निकास हुनेछ’ सापकोटाले लेखेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १० : ३५ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच