नेप्सेमा उछाल, एकै दिन ७८ अंकले बढ्यो बजार  | Khabarhub Khabarhub

नेप्सेमा उछाल, एकै दिन ७८ अंकले बढ्यो बजार 


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं साताको अन्तिम शेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ हजारको विन्दुबाट निरन्तर ओरालो लागेर २५०० विन्दुको नजिक पुगेर फेरी बजार फर्किएको छ । 

बिहीबार नेप्से ७८.१७ अंकले बढेसँगै अब नेप्से बढ्ने चर्चा सुरु भएको छ । आज नेप्से २.९९ प्रतिशतले बढेर २६८८.३८ विन्दुमा पुगेको छ । आज प्रि-ओपन सेसनमा १५ अंकले बढेर सुरु भएको बजार खुलेको केही समयमै तल झरेको थियो । बजार तल झरेको भएपनि २६०० तल भने बजार आएन । १२ बजेर ११ मिनेटबाट निरन्तर उकालो लागेको शेयर बजार बजार बन्द हुँदा भने २६८८ विन्दुमा आएर रोकिएको थियो । दुई पटक बजार तल झर्न खोजेको भएपनि खरिदकर्ता  हाबी भएकाले गर्दा बजार तल भने झर्न सकेको देखिएन । 

आज दिनभरमा ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँको भएको छ । आज १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर किनबेच भएको छ ।
आज शेयर बजारमा उछाल आउँदा २२९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज ३१८ वटा कम्पनीको शेयर १ लाख ३ हजार ४६२ पटक किनबेच भएको छ । आज म्युचुअल फण्ड समूह बाहेक सबै समूहमा हरियाली छाएको छ । आज म्युचुअल फण्ड समूह ०.०९ प्रतिशतले घटेर २१.५६ विन्दुमा आएको छ । 

आज सबैभन्दा बढी हाइड्रो समूहमा उछाल आएको छ । आज उक्त समूह ४.२४ प्रतिशतले बढेर ३ हजार ३१८.९८ विन्दुमा पुगेको छ ।  आज सबैभन्दा कम ट्रेडिङ समूह ०.६३ प्रतिशतले बढेर ३ हजार ७५८.६३ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह २.६६ प्रतिशतले, विकास बैंक २.७० प्रतिशतले, फाइनान्स ३.४० प्रतिशतले, होटल एण्ड टुरिजम २.५० प्रतिशतले, लगानी समूह ३.७२ प्रतिशतले, जीवन बीमा ३.४६ प्रतिशतले, उत्पादन तथा प्रशोधन २.२४ प्रतिशतले, लघुवित्त १.५८ प्रतिशतले, निर्जीवन बीमा समूह २.०१ प्रतिशतले र अन्य समूह ३।८२ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ३ : १७ बजे

विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित पक्राउ

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित

प्रभासको फिल्म ‘द राजा साब’को टिजरले पायो चर्चा, दर्शकबाट मिश्रित प्रतिक्रिया

काठमाडौं – दक्षिण भारतीय नायक प्रभासको आगामी फिल्म ‘द राजा

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

एजेन्सी – गाजा पट्टीका धेरै क्षेत्रमा सहायता खोज्नेहरू, घरहरू र

भोटेकोशी र सुनकोशीमा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक जिल्ला भएर बग्ने भोटेकोशी

इजरायल र अमेरिकालाई खामेनीको सन्देश- जबरजस्ती थोपरिएको युद्ध र शान्ति दुवै मान्दैनौँ

तेहरान– इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीले बुधबार एक महत्त्वपूर्ण