नक्कली भिसा बनाएर ठगी गर्ने गिरोह सक्रिय, सचेत हुन विभागको आग्रह « Khabarhub

नक्कली भिसा बनाएर ठगी गर्ने गिरोह सक्रिय, सचेत हुन विभागको आग्रह


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माल्दिभ्समा वैदेशिक रोजगारीमा श्रमिक पठाउने नाममा नक्कली भिसा र कागजात बनाएर ठगी गर्ने गिरोह सक्रिय रहेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।

रोजगारीका लागि माल्दिभ्स जान खोज्न युवालाई यर्थात नबुझी पैशा र राहदानी कसैलाई नबुझाउन विभागले अपिल गरेको छ । माल्दिभ्सको राम्रो ‘डिमाण्ड’ छ भन्दै रोजगारीको खोजीमा रहेका युवालाई नक्कली डिमाण्ड देखाएर आर्थिक ठगी भइरहेको विभागको जनाएको छ ।

माल्दिभ्स रोजगारीमा जान कसैलाई पासपोर्ट दिनुभएको छ भने भिसा र कागजात पक्का भएपछि मात्रै आर्थिक कारोबार गर्न विभागका महानिर्देशक भीष्मकुमार भुषालले आग्रह गरे ।

माल्दिभ्स रोजगारीमा जान आर्थिक कारोवार कसैले गरेको भए सम्बन्धित निकायमा गएर आफ्नो कागजात देखाएर बुझ्न पनि उनले अग्रह गरेका छन् । पछिल्लो समय माल्दिभ्सको रोजगारीमा पठाउने भन्दै केही म्यानपावर कम्पनी तथा व्यक्तिले नक्कली डिमाण्ड बनाएर ठूलो आर्थिक ठगी गरिरहेको उजुरी विभागमा पर्ने गरेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  २ : ०९ बजे

सन् २०२५ मा एक लाख ५० हजार अफगानी आप्रबासी स्वदेश फिर्ता

जेनेभा – यस वर्ष पाकिस्तान र इरानबाट करिब एक लाख

बंगलादेशमा जेन-जी पत्तासाफ, नेपालमा के होला ?

काठमाडौं- बंगलादेशको चुनावमा जेन-जी नेतृत्व पत्तासाप भएको छ । सन्

टी-२० विश्वकप क्रिकेट : यूएईले क्यानाडालाई ५ विकेटले हरायो

काठमाडौं- आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को समूह चरणको खेलमा

यो चुनावमा पनि कसैको बहुमत आउँदैन, सरकार बनाउने र ढाल्ने पुरानै दुष्चक्रमा देश फस्छ : सुरेन्द्र पाण्डे

काठमाडौं- नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे एमालेको बौद्धिक र विज्ञ