नक्कली भिसा बनाएर ठगी गर्ने गिरोह सक्रिय, सचेत हुन विभागको आग्रह « Khabarhub

नक्कली भिसा बनाएर ठगी गर्ने गिरोह सक्रिय, सचेत हुन विभागको आग्रह


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माल्दिभ्समा वैदेशिक रोजगारीमा श्रमिक पठाउने नाममा नक्कली भिसा र कागजात बनाएर ठगी गर्ने गिरोह सक्रिय रहेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।

रोजगारीका लागि माल्दिभ्स जान खोज्न युवालाई यर्थात नबुझी पैशा र राहदानी कसैलाई नबुझाउन विभागले अपिल गरेको छ । माल्दिभ्सको राम्रो ‘डिमाण्ड’ छ भन्दै रोजगारीको खोजीमा रहेका युवालाई नक्कली डिमाण्ड देखाएर आर्थिक ठगी भइरहेको विभागको जनाएको छ ।

माल्दिभ्स रोजगारीमा जान कसैलाई पासपोर्ट दिनुभएको छ भने भिसा र कागजात पक्का भएपछि मात्रै आर्थिक कारोबार गर्न विभागका महानिर्देशक भीष्मकुमार भुषालले आग्रह गरे ।

माल्दिभ्स रोजगारीमा जान आर्थिक कारोवार कसैले गरेको भए सम्बन्धित निकायमा गएर आफ्नो कागजात देखाएर बुझ्न पनि उनले अग्रह गरेका छन् । पछिल्लो समय माल्दिभ्सको रोजगारीमा पठाउने भन्दै केही म्यानपावर कम्पनी तथा व्यक्तिले नक्कली डिमाण्ड बनाएर ठूलो आर्थिक ठगी गरिरहेको उजुरी विभागमा पर्ने गरेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  २ : ०९ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको