भष्ट्राचारविरुद्ध अभियानको नेतृत्व माओवादीले गर्छ : प्रचण्ड « Khabarhub

भष्ट्राचारविरुद्ध अभियानको नेतृत्व माओवादीले गर्छ : प्रचण्ड


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भष्ट्राचारविरुद्ध देशव्यापी अभियान आवश्यक रहेको र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताएका छन् ।

माओवादी केन्द्र दमकको नवनिर्मित कार्यालय भवनको आज उद्घाटन गर्दै उनले देशैभरि भ्रष्टाचार बढ्दै गएकाले यस्ता जनविरोधी गतिविधिविरुद्ध पार्टीले आन्दोलन तथा खबरदारी गर्ने बताए ।

पार्टी अध्यक्ष दाहालले पहिचानको मुद्दामा माओवादी केही चुकेको स्वीकार गर्दै अब त्यसलाई सच्याएर सम्पूर्ण आदिवासी, जनजाति, शोषित, पीडित समुदायको आशा र भरोसाको पार्टी बनाएर छाड्ने प्रतिबद्धता जनाए ।

उनले भने, “लामो शसस्त्र युद्ध, विभिन्न खाले आन्दोलनबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा हाम्रो पार्टीले कसैसँग सम्झौता र सहमति गर्दैन । यसमा हामी दृढ छ ।”

दमक–८ स्थित बालुवाटारमा निर्माण गरिएको तीनतले सुविधासम्पन्न कार्यालय भवन उद्घाटनमा पार्टीका दमक नगरअध्यक्ष रवि बस्नेतलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ९ : ११ बजे

बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने