बङ्गलादेशमा नियमित विद्युत आपूर्तिमा समस्या « Khabarhub

बङ्गलादेशमा नियमित विद्युत आपूर्तिमा समस्या


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

ढाका – विगत केही दिनदेखि बङ्गलादेशका ठूलो परिमाणमा लोडसेडिङका कारण जनजीवन प्रभावित बनेको छ । डलरको सङ्कटका कारण इन्धन आपूर्ति हुन नसक्दा विद्युत् गृहमा उत्पादन घटेको अधिकारीहरूले बताएका छन् ।

यसका साथै इन्धन आयातमा निर्भरताका कारण सरकारले निजी ऊर्जा कम्पनीहरूको बक्यौता पनि बढाइरहेको छ । जसका कारण मागअनुसार विद्युत् उत्पादन हुन सकिरहेको छैन ।

ऊर्जा विज्ञहरूले शेख हसिनाको सरकारले छोडेको आर्थिक विनाशले सम्पूर्ण विद्युत उद्योगलाई गम्भीर सङ्कटमा पारेको बताएका छन्।

अहिलेको अवस्थामा अन्तरिम सरकारले यस शीर्षकमा प्राथमिकताका आधारमा रकम विनियोजन गर्नुपर्ने छ । पूर्ण भुक्तानी सम्भव नभए पनि निर्वाध विद्युत् आपूर्ति कायम गर्न आवश्यक रकम विनियोजन गर्नुपर्नेछ ।

ऊर्जा तथा ऊर्जा सल्लाहकार मोहम्मद फुजुल कबिर खानले सङ्कट समाधानका लागि समयमै कदम चालिएको बताउनुभयो । इन्धन आयातको रकम डलरमा भुक्तानी भइरहेको उहाँले बताउनुभयो ।

बङ्गलादेशको विद्युत् अभावको मूल कारण डलर को सङ्कट रहेको उद्योगका जानकारहरू बताउँछन् । यसले गर्दा अन्य सबै समस्यापनि उत्पन्न भएका छन् ।

उनले भने, “अघिल्लो सरकारले सोचविचार नै नगरी सुरु गरेका विद्युत् आयोजनाको मार आम नागरिकले भोगिरहेका छन् ।”

बङ्गलादेशको हालको विद्युत् उत्पादन क्षमता २७ हजार मेगावाटभन्दा बढी भए पनि आन्तरिक माग भने १६ हजार मेगावाटभन्दा कम छ ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  १० : १२ बजे

डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव

बेइजिङ- चीनको फुझोउ शहरमा आयोजित नवौं डिजिटल चीन शिखर सम्मेलनमा

असुरक्षित बस्तीबाट सुरक्षित बसोबासतर्फको यात्रा

काठमाडौं- काठमाडौं उपत्यकाभित्र बागमती नदी र त्यसका सहायक खोलाका किनारमा

‘आर्थिक अवस्था मजबुत बनाउने लक्ष्यसहित बजेट तयारी हुँदैछ’

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक अवस्थालाई मजबुत बनाउने

हुरीले मकैखेतीमा क्षति

इनरुवा (सुनसरी)- बुधबार राति आएको हुरीले सुनसरीको इनरुवासहित विभिन्न स्थानमा

इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड

तेहरान– इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड