कोलकोता बलात्कार प्रकरण : मेडिकल कलेजका पूर्व प्रमुख र प्रहरी इन्चार्ज प्रक्राउ « Khabarhub

कोलकोता बलात्कार प्रकरण : मेडिकल कलेजका पूर्व प्रमुख र प्रहरी इन्चार्ज प्रक्राउ


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


999
Shares
  • change font
  • change font
  • change font

कोलकाता– भारतको कोलकाताको सरकारी आरजी कार मेडिकल कलेज अस्पतालमा एक डाक्टरको बलात्कार र हत्या प्रकरणमा दुईजना सरकारी अधिकारी पक्राउ परेका छन् ।

सीबीआईले मेडिकल कलेजका पूर्व प्रमुख सन्दीप घोष र ताला पुलिस स्टेशनका इन्चार्ज अभिजीत मण्डललाई शनिबार पक्राउ गरेको हो ।

समाचार अनुसार सीबीआईले उनीहरुलाई प्रमाण मेटाउन खोजेको, बेपत्ता पार्ने र ढिलो गरी जाहेरी दर्ता गरेको आरोपमा शनिबार राति पक्राउ गरेको हो । अब यी दुवैजनालाई आइतबार अदालतमा पेश गरिँदैछ ।

सन्दीप घोष यसअघि नै आर्थिक घोटाला मुद्दामा सीबीआईको हिरासतमा छन् । हाल उनलाई २३ सेप्टेम्बरसम्म प्रेसिडेन्सी कारागारमा न्यायिक हिरासतमा राखिएको छ । अब सीबीआईले उनलाई नयाँ मुद्दामा हिरासतमा लिने छ ।

पहिलो दिनदेखि नै सन्दीप घोष र कोलकाता प्रहरीविरुद्ध मुद्दा लुकाउने र प्रमाणसँग छेडछाड गरेको आरोप लाग्दै आएको थियो ।

त्यस्तै यसअघि पनि अप्राकृतिक मृत्युको मुद्दा दर्ता भएको थियो । शवको पोस्टमार्टम र दाहसंस्कार पछि घटनाको एफआईआर दर्ता गरिएको थियो ।

यस मामिलामा सञ्जय राई नामका नागरिक स्वयंसेवक यसअघि नै पक्राउ परेका छन् । उनी हाल सीबीआईको हिरासतमा छन् ।

अहिले यस मुद्दामा जम्मा तीन अभियुक्त पक्राउ परेका छन् । घटना भएको क्षेत्र ताला प्रहरी चौकी अन्तर्गत पर्दछ ।

यसका ओसी अभिजित मण्डल बिरामीको बहानामा सेप्टेम्बर ५ गते निजी अस्पतालमा भर्ना भएका थिए । उनलाई सोधपुछका लागि शनिबार सीबीआईको कार्यालयमा बोलाइएको थियो ।

बयानमा भिन्नता देखिएपछि राति उनलाई पक्राउ गरिएको सीबीआईले जनाएको छ । यता, आन्दोलनरत जुनियर डाक्टरहरूले यी पक्राउप्रति सन्तुष्टि जनाएका छन् । उनले यसलाई न्यायतर्फको ठोस कदम भनेका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  २ : ५५ बजे

विजयले तमिलनाडुको राजनीतिमा कसरी उथलपुथल ल्याइदिए ?

काठमाडौं- दक्षिण भारतको राजनीति र फिल्म उद्योगबीचको सम्बन्ध निकै पुरानो

विश्वकप लिग-२ : स्कटल्यान्डविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबारको खेलमा

कसरी चिन्ने फेक आइडी ?

काठमाडौं- एउटा भनाइ छ- ‘गलत सूचना पाउनुभन्दा सूचना नपाउनु नै

रास्वपा केन्द्रीय समिति बैठक बुधबारका लागि आह्वान

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान

पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने

काठमाडौँ– सरकारले आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ