एमाले-कांग्रेस मिल्दा जनतामा आत्मविश्वास बढेको छ : उपमहासचिव ज्ञवाली « Khabarhub

एमाले-कांग्रेस मिल्दा जनतामा आत्मविश्वास बढेको छ : उपमहासचिव ज्ञवाली


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गोदावरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले संसदका दुई ठूला दल एमाले र नेपाली कांग्रेस मिल्दा जनतामा आत्मविश्वास बढेको बताएका छन् ।

एमाले केन्द्रीय स्कुल विभागद्वारा धनगढीमा आयोजित तीन दिने जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले दुई दलको सरकार बनेपछि देशमा परिवर्तनको थालनी भएको बताए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारले जनचाहनाअनुसार काम गर्दै गएकाले जनतामा सरकारप्रति आत्मविश्वास बढ्दै गएको बताए ।

आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउने दाबी गर्दै उनले त्यसका लागि सम्पूर्ण पार्टी शक्ति एक ढिक्का भएर सङ्गठन निर्माणमा जुटेको बताए ।

उपमहासचिव ज्ञवालीले एमालेका पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीका कार्यक्रममा सहभागी भएर क्रियाशील बन्न आग्रह गरे । उनलाई आफूले दशौँ महाधिवेशनमा उपाध्यक्षमा दोहोरिन आग्रह गर्दागर्दै पनि नमानेर अध्यक्षको उम्मेदवार बनेको बताए  ।

उनले गेटामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्नेमा एमालेको जोड रहेको उल्लेख गरे । विश्वविद्यालयको विधेयक संसद्मा अड्किएको बताउँदै उनले त्यसको निचोड चाँडै निस्किने विश्वास व्यक्त गरे ।

केन्द्रीय स्कुल विभागद्वारा आज धनगढीमा आयोजना गरेको प्रशिक्षण ६४ जना सहभागी छन् ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ४ : ३४ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने