बढाएको तलब नपाएको भन्दै पेट्रोलियम मजदुर संघ आन्दोलनमा « Khabarhub

बढाएको तलब नपाएको भन्दै पेट्रोलियम मजदुर संघ आन्दोलनमा


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालू आर्थिक वर्ष (२०७६/७७) देखि लागू हुने गरी सरकारले घोषणा गरेको पारिश्रमिक कार्यान्वयन नभएको भन्दै अखिल नेपाल पेट्रोलिय मजदुर संघले आन्दोलन घोषणा गरेको छ ।

सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकहरुले खाइपाइ आएको तलबमा ३८.६७ प्रतिशत बृद्धि गरेको थियो । तर, पेट्रोलियम क्षेत्रमा कार्यरत मजदुरहरुको तलब नबढाइएको भन्दै संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

संघका अनुसार पेट्रोलियम क्षेत्रमा कार्यरत मजदुरहरुको तलब बढाइएको छैन । साथै, बैंक मार्फत तलब भुक्तानी गर्नुपर्ने व्यवस्था पनि लागू गरिएको छैन ।

संघले आफ्ना माग पूरा गराउनका लागि भदौ ९ देखि २२ गतेसम्मका लागि विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ४ : १८ बजे

दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत् विस्तार कार्य तीव्रता बनाउन सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत्

साइनाइडले हात्ती मारेको दाबीमा विवाद

किमाना– केन्याको अम्बोसेली राष्ट्रिय निकुञ्ज आसपास एक महिनाको अवधिमा १५

नेपालको प्राथमिक पुँजी बजारमा सुधारको खाका, धितोपत्र बोर्डद्वारा ‘भिजन २०३५’ सहितको श्वेतपत्र सार्वजनिक

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री

पटनामा सडक दुर्घटनापछि हिंसात्मक प्रदर्शन : १० वटा गाडीमा आगजनी, प्रहरी चौकी पनि जलाइयो

काठमाडौं- भारतको बिहार राज्यको राजधानी पटनामा सडक दुर्घटनामा एक युवकको

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड : हजुरबाको पेस्तोलबाट ९ कक्षाका विद्यार्थीले लिए शिक्षकसहित ६ जनाको ज्यान

काठमाडौं- थाइल्यान्डको राजधानी बैंकक नजिकैको एक उच्च माध्यमिक विद्यालयमा शुक्रबार