जुम्लाको स्याउले बजार नपाएको सांसद शाहीको गुनासो | Khabarhub Khabarhub

जुम्लाको स्याउले बजार नपाएको सांसद शाहीको गुनासो


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले जुम्लाका किसानले उत्पादन गरेको स्याउले बजार नपाएको भन्दै आपत्ति जनाएका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले विदेशबाट आयात हुने स्याउमा प्रयोग हुने विषादीका बारेमा जानकारी दिँदै जुम्लामा उत्पादित स्याउले बजार नपाएको गुनासो गरेका हुन् । 

‘३५४ रुपैयाँमा विदेशी स्याउ नेपालका भाटभटेनीदेखि ठूल्ठूला सुपर मार्केटमा छन् । तर, आज जुम्लाका किसानको स्याउ ७० रुपैयाँमा पनि यहाँका सिन्डिकेटधारीहरू किन्न तयार छैनन्,’ सांसद शाहीले भने, ‘मन्त्री भागेका भाग्यै छन् । यस्तो विषादी मिसाएको स्याउ बजारमा छरपष्ट छ ।’

विदेशबाट आयातित स्याउले जनजीवनमा असर पारिरहेको उनको भनाइ थियो ।

 ‘सर्वसाधारण आज दुखी छन् । सरकार केही पनि गर्दैन । अनि सरकार किन चलाउने रु झण्डा हल्लाउनलाई सरकार चलाउने भन्या ?,’ शाहीले भने, ‘क्वारेन्टाइन खै ? त्यो स्याउमाथि गुणस्तरमाथि चेकजाँच किन नगरेको ? हामी जनताले कर किन तिरेको ? आज जुम्लाका किसानहरूले स्याउ उत्पादन गरेका छन, ५० करोडभन्दा बढीको । ६ अर्बको स्याउ हामी विदेशबाट किनेर ल्याउँछौँ ।’ 

सांसद शाहीले फेसबुक र टिकटकमा लाइभ आएर, भिडिओ फेसबुकमा राखेर देश नबन्ने पनि टिप्पणी गरे । उनले आफूले बैठक अघि सभामुख देवराज घिमिरेलाई स्याउ उपहार दिएकोसमेत स्मरण गरे ।

‘मैले आज सभामुखलाई स्याउ उपहार दिएको थिएँ । त्यसमा एउटा जुम्लाको स्याउ थियो, एउटा विदेशी स्याउ थियो । त्यो विदेशी स्याउ नखानुहोला सम्माननीयज्यू,’ उनले भने, ‘त्यसमा के–के मिसाइएको हुन्छ भने, ओर्गानो फस्फेट, कार्बामाट्स, पाइरेथोट्स, नियोनिकोटुनाइस भन्ने विषादी मिसाइएका हुन्छन् । त्यसमा क्यान्सर हुन्छ । नर्भ सिस्टमलाई असर पार्छ । पाचन प्रणालीलाई असर पार्छ । छाला र श्वासप्रश्वास प्रणालीमा असर पार्छ । हामोर्नको असन्तुलन हुन्छ ।’

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  २ : ३२ बजे

इरानले ठूलो मूल्य चुकाउनु पर्ने नेतन्याहूको चेतावनी

जेरुसेलम – बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा इरानले क्षेप्यास्त्र आक्रमण

श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण

सुनसरी – बराहक्षेत्र नगरपालिकाले बराहक्षेत्र नगरपालिका–६ र ९ श्रीलङ्का टापुका

नेपालविरुद्ध नेदरल्याण्ड्सका माइकल लेविटको अर्धशतक

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेपालविरुद्ध ब्याटिङ

नेपालले लियो नेदरल्याण्ड्सको चौथो विकेट

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा

टी–२० आईमा भीम सार्कीको डेब्यू

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा