जुम्लाको स्याउले बजार नपाएको सांसद शाहीको गुनासो « Khabarhub

जुम्लाको स्याउले बजार नपाएको सांसद शाहीको गुनासो


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले जुम्लाका किसानले उत्पादन गरेको स्याउले बजार नपाएको भन्दै आपत्ति जनाएका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले विदेशबाट आयात हुने स्याउमा प्रयोग हुने विषादीका बारेमा जानकारी दिँदै जुम्लामा उत्पादित स्याउले बजार नपाएको गुनासो गरेका हुन् । 

‘३५४ रुपैयाँमा विदेशी स्याउ नेपालका भाटभटेनीदेखि ठूल्ठूला सुपर मार्केटमा छन् । तर, आज जुम्लाका किसानको स्याउ ७० रुपैयाँमा पनि यहाँका सिन्डिकेटधारीहरू किन्न तयार छैनन्,’ सांसद शाहीले भने, ‘मन्त्री भागेका भाग्यै छन् । यस्तो विषादी मिसाएको स्याउ बजारमा छरपष्ट छ ।’

विदेशबाट आयातित स्याउले जनजीवनमा असर पारिरहेको उनको भनाइ थियो ।

 ‘सर्वसाधारण आज दुखी छन् । सरकार केही पनि गर्दैन । अनि सरकार किन चलाउने रु झण्डा हल्लाउनलाई सरकार चलाउने भन्या ?,’ शाहीले भने, ‘क्वारेन्टाइन खै ? त्यो स्याउमाथि गुणस्तरमाथि चेकजाँच किन नगरेको ? हामी जनताले कर किन तिरेको ? आज जुम्लाका किसानहरूले स्याउ उत्पादन गरेका छन, ५० करोडभन्दा बढीको । ६ अर्बको स्याउ हामी विदेशबाट किनेर ल्याउँछौँ ।’ 

सांसद शाहीले फेसबुक र टिकटकमा लाइभ आएर, भिडिओ फेसबुकमा राखेर देश नबन्ने पनि टिप्पणी गरे । उनले आफूले बैठक अघि सभामुख देवराज घिमिरेलाई स्याउ उपहार दिएकोसमेत स्मरण गरे ।

‘मैले आज सभामुखलाई स्याउ उपहार दिएको थिएँ । त्यसमा एउटा जुम्लाको स्याउ थियो, एउटा विदेशी स्याउ थियो । त्यो विदेशी स्याउ नखानुहोला सम्माननीयज्यू,’ उनले भने, ‘त्यसमा के–के मिसाइएको हुन्छ भने, ओर्गानो फस्फेट, कार्बामाट्स, पाइरेथोट्स, नियोनिकोटुनाइस भन्ने विषादी मिसाइएका हुन्छन् । त्यसमा क्यान्सर हुन्छ । नर्भ सिस्टमलाई असर पार्छ । पाचन प्रणालीलाई असर पार्छ । छाला र श्वासप्रश्वास प्रणालीमा असर पार्छ । हामोर्नको असन्तुलन हुन्छ ।’

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  २ : ३२ बजे

सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान

काठमाडौं– सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन

‘हिमालयन गोल्ड’को टिजर : कर्माको रहस्यमयी लुक्स र सुनीलको डाइलग मुख्य आकर्षण

काठमाडौं – देशको सबैभन्दा ठूलो मल्टिप्लेक्सन चेन क्यूएफएक्सका हलहरूमा हिमालमा

उद्योग वाणिज्य महासङ्घका थप तीन विषयगत समिति गठन

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत थप तीन वटा विषयगत समितिले

राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’

काठमाडौं– नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल करेन्सी’लाई

इञ्जिनियरको भूमिकामा पूर्वाधार विकास र गुणस्तर निर्भर रहन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार