विश्वकप लिग–२ : आज नेपाल र ओमान खेल्ने « Khabarhub

विश्वकप लिग–२ : आज नेपाल र ओमान खेल्ने


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । खेल क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ ।

सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध खराब प्रदर्शन गर्दै १०३ रनको हार बेहोरेको नेपाल आज पहिलो जित निकाल्ने योजनामा रहेको छ ।

नेपाल पाँच खेलमा एक जीत र चार हारका साथ २ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । ओमान ४ खेलमा १ जीत र २ हारका साथ ३ अङ्कसहित छैटौँ स्थानमा छ । यस्तै, क्यानडा ९ खेलमा पाँच जित र चार हारका साथ १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

नेपालले अब तेस्रो खेल असोज ६ गते क्यानडासँग र चौथो खेल असोज ८ गते ओमानसँग खेल्नेछ ।

विश्वकप सन् २०२७ को छनोटको रुपमा रहेको लिग–२ मा आठ टोलीको सहभागीता छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ७ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै