‘सहकारी छानबिन समितिको प्रतिवेदन सरकारले कार्यान्वयन गर्छ’ « Khabarhub

‘सहकारी छानबिन समितिको प्रतिवेदन सरकारले कार्यान्वयन गर्छ’


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी छानबिन समितिको प्रतिवेदनलाई सरकारले पूर्णरुपमा कार्यान्वयन गर्ने बताएका छन् ।

गणेशमान सिंहको २७ औँ पुण्य तिथिको अवसरमा गणेशमान सिंह फाउण्डेशनले बुधबार काठमाडौंमा गरेको माल्यार्पण कार्यक्रममा सिंहले समितिको प्रतिवेदन कार्यान्वयन गर्न संसदले सरकारलाई निर्देश गरिसकेकाले कार्यान्वयन हुने बताएका हुन् ।

उनले समितिको प्रतिवेदनलाई अध्ययन गरेर मन्त्रिपरिषद्‍बाट कार्यान्वयनका लागि अघि बढ्ने धारणा राखे । सिंहले नेपालको परिवर्तन र जनताको अधिकार स्थापीत गर्न स्वर्गीय गणेशमान सिंहले खेलेको भूमिकाको स्मरण गरे ।

उक्त अवसरमा सिंहले गणेशमान सिंहको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो । गणेशमानले २०४६ सालमा राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

जनआन्दोलनपछि तत्कालीन राजा वीरेन्द्र शाहले गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए ।

तर उनले प्रधानमन्त्री बन्न अस्वीकार गरी कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउनुभएको थियो । नेता सिंहको २०५४ असोज २ गते निधन भएको थियो ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १२ : ३३ बजे

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल