‘सहकारी छानबिन समितिको प्रतिवेदन सरकारले कार्यान्वयन गर्छ’ « Khabarhub

‘सहकारी छानबिन समितिको प्रतिवेदन सरकारले कार्यान्वयन गर्छ’


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी छानबिन समितिको प्रतिवेदनलाई सरकारले पूर्णरुपमा कार्यान्वयन गर्ने बताएका छन् ।

गणेशमान सिंहको २७ औँ पुण्य तिथिको अवसरमा गणेशमान सिंह फाउण्डेशनले बुधबार काठमाडौंमा गरेको माल्यार्पण कार्यक्रममा सिंहले समितिको प्रतिवेदन कार्यान्वयन गर्न संसदले सरकारलाई निर्देश गरिसकेकाले कार्यान्वयन हुने बताएका हुन् ।

उनले समितिको प्रतिवेदनलाई अध्ययन गरेर मन्त्रिपरिषद्‍बाट कार्यान्वयनका लागि अघि बढ्ने धारणा राखे । सिंहले नेपालको परिवर्तन र जनताको अधिकार स्थापीत गर्न स्वर्गीय गणेशमान सिंहले खेलेको भूमिकाको स्मरण गरे ।

उक्त अवसरमा सिंहले गणेशमान सिंहको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो । गणेशमानले २०४६ सालमा राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

जनआन्दोलनपछि तत्कालीन राजा वीरेन्द्र शाहले गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए ।

तर उनले प्रधानमन्त्री बन्न अस्वीकार गरी कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउनुभएको थियो । नेता सिंहको २०५४ असोज २ गते निधन भएको थियो ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १२ : ३३ बजे

धरपकडको त्रासबीच नयाँ नेतृत्व चयन गर्दै निजी क्षेत्र

काठमाडौं– सोमबारबाट सुरू भएको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभामा मंगलबार

पर्यटन मन्त्रालय अन्तर्गत विभिन्न निकायका ३० भन्दा बढी पदाधिकारी भए पदमुक्त

काठमाडौं– सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका

माग पूरा नभए देशभर निर्माण ठप्प पार्ने महासंघको चेतावनी

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना माग पुरा नभए देशभरि

एघार दिनपछि दमौली बजारको फोहर उठ्यो

दमौली– एघार दिनपछि तनहुँको सदरमुकामस्थित दमौली बजारको फोहर उठेको छ ।

निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण उद्योगको इतिहासमै हाल निर्माण