मिस नेपाल बनेको डेढ महिनामै राप्रपाको राजनीतिमा आश्मा | Khabarhub Khabarhub

मिस नेपाल बनेको डेढ महिनामै राप्रपाको राजनीतिमा आश्मा

लिङ्देनले ४० वर्षमुनिका २० युवालाई बनाउँदै केन्द्रीय सदस्य


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत साउन १८ मा सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज पहिरिएकी आश्माकुमारी केसी राजनीतिमा जोडिएकी छन् ।

मिस नेपाल आयोजकले तय गरेको नियमविपरीत हुने गरी उनी डेढ महिनामै राष्ट्रिय प्रजातन्त्र पार्टीको राजीनितमा लागेकी हुन् ।

उनलाई मंगलबार मात्रै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ४० वर्षमुनिका २० युवाहरूको सूचीमा राख्दै केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय गरेका हुन् ।

मिस नेपालका रुपमा आश्माले मिस वर्ल्डको मञ्चमा जानुअघि नै राजनीतितिर पाइला अघि बढाएकी हुन् । मिस नेपालमा सहभागी भएपछि आफ्नो व्यक्तित्व विकास भएको बताएकी उनले राप्रपाको उक्त निर्णयबारे मुख खोलेकी छैनन् ।

उनले मिस नेपाल हुने क्रममा अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई आफ्नोतर्फबाट उत्कृष्ट रूपले प्रस्तुत गर्न प्रयास गर्ने बताएकी थिइन् । मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व राम्रो भइरहेको बताउँदै अघिल्ला विजेतालाई पछ्याउँदै मिस वर्ल्डमा नेपालको शान बढाउने गरी भाग लिने बताएकी थिइन् ।

उनले मिस नेपालको विजेता हुँदा राजनीतिमा लाग्नेबारे केही टिप्पणी गरेकी थिइनन् । तर राप्रपाले ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा छनोट गर्ने क्रममा आश्मालाई पनि राखेको हो ।

राप्रपा अध्यक्ष लिङ्देनका अुनसार छनोट समितिले विभिन्न आधारमा छानिएका युवाहरूलाई अन्तर्वार्तापछि १० महिला र १० पुरुषलाई केन्द्रीय सदस्यमा छनोट गरेको हो । अन्तर्वार्तापछि मिस नेपाल वर्ल्ड केसी पनि केन्द्रीय सदस्यमा छनोट भएकी उनको भनाइ छ।

राप्रपाले नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्ष मुनिका २० युवालाई पार्टीको केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय गरेअनुसार वरिष्ठ नेता उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा छनौट समिति गठन गरेको थियो । छनौटको मापदण्डका आधारमा लिइएको अन्तर्वार्तापछि समितिले आश्मासहित १० पुरुष र १० महिलालाई पार्टीको केन्द्रीय सदस्य पदमा मंगलबार नै छनौट गरेको हो ।

को को परे ?

राप्रपाले नवीन राप्रपा कार्ययोजनाअन्तर्गत ४० वर्ष मुनिका २० जना युवालाई पार्टीको केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय गरेको पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले बताएका छन्।

जसअनुसार पुरुष-१० तर्फ दार्चुलाका अशोकसिंह सम्राट, कैलालीका लोकेन्द्र कुँवर, काठमाडौंका बिनोद श्रेष्ठ, कास्कीका अरुण गिरी, सिन्धुपाल्चोकका इन्जिनियर गोपीकृष्ण चौलागाईँ, दाङका शिवकुमार चौधरी, सुर्खेतका रविकिरण हमाल, पश्चिम नवलपरासीका नवतीत कुमार मिश्र, काठमाडौंका समीर शर्मा र बेलायत प्रवासका डा. डेभिड थापा रहेका छन् ।

त्यसैगरी महिलातर्फ १० जनामा धादिङी सांसद बीना लामा, पर्साकी सांसद बीना जयसवाल, सिन्धुपाल्चोककी लक्ष्मी (नानी) थापा, सुनसरीकी नजियाँ खातुन मिया, ललितपुरकी इञ्जिनियर सजिना कार्की, सल्यानकी सांसद अनिशा नेपाली, तनहुँकी रेजिना श्रेष्ठ, काभ्रेपलाञ्चोककी इञ्जिनियर दीपा श्रेष्ठ, मिस नेपाल वर्ल्ड २०२४, काठमाडौंकी आश्माकुमारी केसी र हुम्लाकी तारा जैसी छन् ।

राप्रपाले जारी गरेको विज्ञप्तिअनुसार पार्टीको केन्द्रीय सदस्य हुनका लागि मिस नेपाल आश्माले पनि अन्तर्वार्ता नै दिएकी थिइन् । प्रवक्ता श्रेष्ठका अनुसार आश्मासहित सबै २० जनाले अन्तर्वार्ता प्रक्रिया पूरा गरिसकेपछि केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो ।

सबै नयाँ केन्द्रीय सदस्यहरूलाई

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १ : ५४ बजे

मनहरीमा छ प्रजातिका चैतेधानको परीक्षण 

चितवन– कृषि विकास कार्यालयले मकवानपुरको मनहरीमा विभिन्न छ प्रजातिका चैतेधानको

रूपा गाउँपालिकाको न्यायिक समितिमा ९५ मुद्दा

गण्डकी– रूपा गाउँपालिकामा ९५ वटा मुद्दा दर्ता भएका छन् ।

कालीगण्डकी तर्न साँघुको भर, स्थानीयलाई सास्ती

मुस्ताङ– थासाङ गाउँपालिका–२ का कोवाङ, लार्जुङ र खन्ती गाउँ राष्ट्रिय

दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दुम्कीबासमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–८ मा ट्रकको ठक्करबाट एक जना