प्रधानमन्त्रीद्वारा राष्ट्रिय शिक्षा पुरस्कार वितरण « Khabarhub

प्रधानमन्त्रीद्वारा राष्ट्रिय शिक्षा पुरस्कार वितरण


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट हुने क्याम्पस तथा विद्यालयलाई ‘राष्ट्रिय शिक्षा पुरस्कार’बाट पुरस्कृत गरेका छन् ।

राष्ट्रिय शिक्षा दिवसका अवसरमा बुधबार आयोजित गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट क्याम्पस र विद्यालयलाई ‘राष्ट्रिय शिक्षा पुरस्कार’बाट पुरस्कृत गरेका हुन् ।

यस वर्ष उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कार कास्कीको लेखनाथस्थित स्कूल अफ बिजनेसले पाएको छ । उक्त क्याम्पसले दुई लाख ५० हजार पुरस्कार प्राप्त गरेको हो । 

यस्तै, सामुदायिक क्याम्पसतर्फ ललितपुरको चापागाउँस्थित जनभावना क्याम्पस र  निजी क्याम्पसमध्येबाट काठमाडौँको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज पुरस्कृत भएका छन् । दुवैले जनही रु दुई लाख ५० हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । 

यस्तै, सार्वजनिक विद्यालयतर्फ २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा दाङको तुलसीपुरस्थित तुलसीपुर माविले प्रथम स्थान हासिल गर्दै राष्ट्रिय शिक्षा पुरस्कार पाएको छ । उक्त विद्यालयले नगद तीन लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ । 

यस्तै, विश्वनिकेतन मावि काठमाडौँले द्वितीय स्थान हासिल गर्दै रु दुई लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ । तृतीय हुने दाङको शान्तिनगरस्थित जनकल्याण माविले रु एक लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र पाएको छ । 

यस्तै, निजीतर्फ २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्रथम हुने काठमाडौँको टोखा नगरपालिका–८ स्थित फलोसेन्ट माविले तीन लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र पाएको छ ।

द्वितीय हुने बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय काठमाडौँले दुई लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र तथा तृतीय हुने काठमाडौँकै बूढानीलकण्ठ स्कूलले एक लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ । 

 प्राविधिक शिक्षालयतर्फ सर्वोत्कृष्ट नतिजा ल्याउने नेपाल बनेपा बहुप्राविधिक बनेपा, काभ्रेपलाञ्चोक, तुलसीपुर पोलिटेक्निक इन्स्टिच्युट तुलसीपुर, दाङ, जनता मावि वाणगङ्गा, कपिलवस्तु र नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स, काठमाडौँलाई एक लाखसहित राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिएको छ ।

 ती शिक्षालयलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सञ्चालन गरेको परीक्षामा सर्वोकृष्ट नतिजा ल्याएका आधारमा पुरस्कृत गरिएको हो । 

यस्तै, दिवसकै अवसरमा समाज कल्याण शिक्षा पुरस्कार युवा क्रियाकलाप उत्थान केन्द्र कागेश्वरी मनहरा र सी आशा फाउन्डेसन ललितपुरलाई प्रदान गरिएको छ । ती दुवैलाई जनही रु दुई लाखसहित प्रमाणपत्र प्रदान गरिएको छ । 

सोही अवसरमा प्रधानमन्त्री ओलीले शैक्षिक स्मारिका–२०८१ विमोचन गरे ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ४ : ४८ बजे

हेटौँडामा बाढी: चालकसहित ट्रक बगायो

हेटौँडा- हेटौँडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा सोमबार बिहान आएको बाढीले

आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्तीमा प्रभातफेरी (तस्बिरहरू)

काठमाडौँ– आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा

चर्का भाषण गर्नेबाट देश रूपान्तरण हुन सक्दैन: महासचिव पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले चर्का भाषण

आन्दोलनले चिन्ने, सत्ताले नचिन्ने युवाशक्ति

लामो इतिहासपछि देश युवाको काँधमा सरेको छ । यसअघिका सारा

राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न आदिकविको योगदान महत्वपूर्ण : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली