आजका समाचार : धरहरा खुल्दै, उपनिर्वाचन मंसिर १६ मा र प्रसाईंलाई पक्राउ पुर्जी | Khabarhub Khabarhub

आजका समाचार : धरहरा खुल्दै, उपनिर्वाचन मंसिर १६ मा र प्रसाईंलाई पक्राउ पुर्जी


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

गठबन्धनको न्यूनतम साझा कार्यक्रम कार्यदलले प्रधानमन्त्रीलाई बुझाउँदै
नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको गठबन्धन सरकारले गठबन्धन गरेको कार्यदलले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रम बुझाउँदैछ ।

सत्ता गठबन्धनको कार्यदलले न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री ओलीलाई बुझाउन लागेको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।


यस्तै, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा दिवसको अवसरमा बुधबार काठमाडौंको मूलपानीमा आयोजित कार्यक्रममा नयाँ बनेको सरकारको न्यूनतम साझा कार्यक्रम बुझाउने बताएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार पनि प्रधानमन्त्रीले केपी शर्मा ओलीले न्यूनतम साझा कार्यक्रम बुझ्ने कार्यसूची छ । असार ३० गते प्रधानमन्त्री बनेका केपी शर्मा ओली नेतृत्वको सरकारमा एमालेका ७८, कांग्रेसका ८८, जनमतका ६, अशोक राई नेतृत्वको जसपाका ७, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका ५, नागरिक उन्मुक्तिका ४ र लोकतान्त्रिक समाजवादी पार्टीका ४ सांसदले समर्थन गरेका छन् ।

आफूलाई पक्रेर देखाउन सरकारलाई राजेन्द्र लिङ्देनको चुनौति

सहकारी छानबिन समितिको प्रतिवेदन सरकारले कार्यान्वयन गर्छ’

रविबारे देउवाले भने-चलाख रहेछन्, सहकारीको रकम अपचलन गरेको पुष्टि भयो

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते

रास्वपालाई सूर्य थापाको प्रश्न- कारबाही सिफारिसको अंग्रेजी अनुवाद ‘क्लीन चिट’ हुन्छ ?

‘रास्वपामा अहिले रवि लामिछानेको पापको भारी बोक्ने प्रतिस्पर्धा छ’

दुर्गा प्रसाईं र दुईजना युट्युबरविरूद्ध पक्राउ पुर्जी जारी

आफूलाई पक्रेर देखाउन सरकारलाई राजेन्द्र लिङ्देनको चुनौति

संविधान संशोधन गर्न कांग्रेस र एमालेले मात्रै सम्भव छैन : मन्त्री पाण्डे
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संविधान संशोधन गर्नका लागि कांग्रेस र एमाले मात्रै भएर सम्भव नहुने बताएका छन् ।

बुधबार नेपाल नाट्य प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१ को पूर्व सन्ध्यामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।


मन्त्री पाण्डेले एमाले र कांग्रेस एक ठाउँमा आउनुको पछाडि केवल सत्ता मात्रै नभएको प्रस्ट पारे । उनले भने, ‘दुई ठूला दल एक ठाउँमा आउनु भनेको सत्ताका लागि होइन। देशको दूरगामी परिवर्तन र सङ्कटबाट जोगाउन गर्नका लागि एक ठाउँमा आएका हौँ। हामी ०४८ सालदेखि प्रतिस्पर्धी दल हौँ । ०८४ मा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुन्छ ।’

दसैँ लक्षित अग्रिम टिकट खुलाउनेबारे छलफल

प्रधानमन्त्रीद्वारा राष्ट्रिय शिक्षा पुरस्कार वितरण

निस्शुल्क शिक्षा नीति कार्यान्वयन होस्, लगानी पनि बढोस् :  नेता महर

नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं : मन्त्री पाण्डे

शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री

राष्ट्रसंघको ‘समिट अफ द फ्युचर’मा भाग लिन उपप्रमुख डंगोल न्यूयोर्क जाँदै

जनतालाई अधिकार सम्पन्न बनाउन गणेशमानको योगदान अतुलनीय : उपप्रधानमन्त्री सिंह

धरहरा आंशिक मात्रै सञ्चालनमा ल्याइने, शुल्क प्रतिव्यक्ति ६ सय रुपैयाँ !
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले अहिलेलाई धरहरा आंशिक मात्रै सञ्चालन हुने बताएका छन् ।

बुधबार धरहरा चढेका मन्त्री सिंहले पत्रकारहरूसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन् ।


‘सुरुमा त अन्तरिम अवधिका लागि मात्रै हो, जति समय बाँकी छ’, उनले भने, ‘धरहरा हेर्नेलाई तलै बस्ने र इच्छा हुनेलाई मात्रै टिकट काटेर माथि चढ्ने व्यवस्था गरिनेछ ।’

उनले धरहरा चढ्न अनलाइनबाट टिकट बुकिङ प्रणाली ल्याइने बताए । उनका अनुसार अनलाइनबाट टिकट बुकिङ गरेर धरहरा चढ्न सकिनेछ । त्यसका लागि प्रतिव्यक्ति ५०० वा ६०० रुपैयाँमा धरहरा चढ्ने व्यवस्था गरिने उपप्रधानमन्त्री सिंहले बताए ।

यस्तो देखियो उद्घाटनको तीन वर्षपछि खुल्न लागेको धरहरा (तस्बिरहरू)

सडक छेकेर संविधान दिवसको कन्सर्ट, यसरी हुँदैछ तयारी (तस्बिरहरू)

पशुपतिस्थित बागमती किनारमा सोह्र श्राद्ध गर्नेहरूको घुइँचो (तस्बिरहरू)

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

भारतको आर्थिक सहयोगमा भक्तपुरमा तयार भयो विद्यालय भवन

संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य आवश्यक : सभामुख घिमिरे

सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार बिहान १० :८ मिनेट जाँदा बझाङ खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु भूकम्प गएको हो ।

भूकम्पको धक्का बझाङ, डोटी, बैतडी, बाजुरा र अछाम लगायतका जिल्लाहरूमा महसुस गरिएको थियो ।


यस अघि भदौ २८ गते बिहीबार बझाङ जिल्लाको गडराय आसपास क्षेत्रमा ३.७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

‘मिस्टर काठमाडौं’को उपाधि जितेको पाँच दिनमै प्रकाशको निधन

इटहरीमा बिजुली बस सेवा सुरु

विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बङ्गलादेशको सघन छलफल

बिहीबारबाट काठमाडौंमा सुपथ मूल्य पसल सञ्चालन हुने

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

हिजबुल्लाहको पेजर विस्फोट हुँदा नौ जनाको मृत्यु, सयौं घाइते
सशस्त्र समूह हिजबुल्लाहले सम्पर्क गर्नका लागि बोकेको हाते पेजर विस्फोट भएपछि लेबनानमा एक बच्चासहित नौ जनाको मृत्यु भएको छ।

राजधानी बेरुत लगायतका स्थानमा भएका विस्फोटमा लेबनानाका लागि इरानी राजुदूत सहित २८ सय जना घाइते भएका छन्। यता हिजबुल्लाहले आठ जना लडाकुको ज्यान गएको बताएको छ।


हिजबुल्लाहले यसको आरोप इजरायल माथि लगाएको छ। ७ अक्टोबरका दिन हमासले इजरायलमा आक्रमण गरेयता इजरायल र लेबनानको सिमामा दैनिक झडप भएको थियो।

बङ्गलादेशी सेनालाई आन्तरिक सुरक्षाका लागि विस्तारित अधिकार प्रदान

जम्मु-कस्मिरमा विधानसभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सुरु

चक्रवातका कारण दक्षिण पूर्वी एसियाका ६० लाख बालबालिका प्रभावित

जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने

इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ७ : ५८ बजे

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले