छक्का पञ्जा-५ को ‘ब्रेकअप’ सार्वजनिक « Khabarhub

छक्का पञ्जा-५ को ‘ब्रेकअप’ सार्वजनिक


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को दोस्रो गीत ‘ब्रेकअप’ बुधबार सार्वजनिक गरिएको छ ।

गीतमा बाबुल गिरीको गायन, संगीत र शब्द रचना छ । गीतको भिडियोमा फिल्मका कलाकारहरू दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, वर्षा शिवाकोटी, मेक्सम गौडेल र सुरवीर पण्डित लगायतलाई देख्न सकिन्छ ।

दीपाश्रीको निर्देशनमा तयार भएको फिल्ममा आर्यन सिग्देल, निर्मल शर्मा, तेज गिरी आदिको पनि अभिनय छ ।

हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको फिल्ममा दीपकराज स्वयमको पटकथा लेखन छ । कथा र संवादमा केदार घिमिरे र दीलिप तामाङले सघाएका छन् ।

फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा विपिन मल्लको सम्पादन छ ।

‘छक्का पञ्जा’को अघिल्ला चार सिरिज सुपरहिट भएका थिए । पाँचौँ सिरिजमा दुई नेपाली फिल्म ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ सँगै रिलिज हुन लागेको छ ।

‘ज्वाइँ साब’ दीपक राज-दीपाश्रीका पुराना साझेदार जितु नेपालले निर्माण गरेका हुन् । कुनै बेलाका नजिकका सहयात्रीबीच सम्बन्धमा फाटो आउँदा फिल्म पनि भिडाउन लागिएको हो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  १ : ०३ बजे

शेखर गोल्छाको पक्षमा सर्वोच्च अदालतको परमादेश

काठमाडौं- सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाको

सरकार महिला उद्यमीको आर्थिक विकास गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका महिला उद्यमीहरूको आर्थिक

नेपाल दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा

ललितपुर– कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघका अध्यक्ष लोक बहादुर

अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने

काठमाडौं– कम्बोडिया सरकारले अनलाइन स्क्यामिङमा संलग्नलाई कसुरको प्रकृतिअनुसार पाँच लाख