सहकारीको बचत हिनामिना : २४ हजार बढी पीडितले हाले अदालतमा मुद्दा « Khabarhub

सहकारीको बचत हिनामिना : २४ हजार बढी पीडितले हाले अदालतमा मुद्दा


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्थाहरूमा भएको बचत अपचलनको विषयलाई लिएर २४ हजार बढीले अदालतहरूमा मुद्दा दायर गरेको पाइएको छ ।

संसदको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन समितिले अहिलेसम्म जिल्ला सहकारी वकील, उच्च सहकारी वकील र महान्याधिवक्ताको कार्यालयमा सहकारी संस्थाको बचत अपचलन भएको भन्दै २४ हजार २३४ जना उजरी दिएको जनाएको हो ।

समितिले छानबिनको प्रतिवेदन सार्वजनिक गर्दै सहकारी पीडितहरूले १४ सय १ जना अभियुक्तविरुरू १३३ वटा मुद्दा दायर गरेको जनाएको छ । ती मुद्दाहरूमा २ अर्ब १९ करोड ७२ लाख ६५ हजार १२ रूपैयाँ बराबरको बिगो दाबी गरिएको प्रतिवेदनमा उल्लेख छ ।

दायर गरिएका मुद्दाहरूमध्ये जिल्ला सहकारी वकिलको कार्यालयमा १११ वटा, उच्च सहकारी वकिलको कर्यालयमा ८ र महान्याधिवक्ताको कार्यालयमा १४ वटा रहेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ३ : १३ बजे

म्यान्मामा सेना समर्थित दल विजय : विपक्षी बहिष्कृत

बैङ्कक – म्यान्माको सेना समर्थित युनियन सोलिडेरिटी एन्ड डेभलपमेन्ट पार्टीले

फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु

मेक्सिको – मध्य मेक्सिकोको सालामान्का सहरमा एक फुटबल खेलपछि सशस्त्र

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक