कान्तिपुर सहकारीका सञ्चालकले नै लिएका थिए ३२ करोड बढी ऋण | Khabarhub Khabarhub

कान्तिपुर सहकारीका सञ्चालकले नै लिएका थिए ३२ करोड बढी ऋण


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं काठमाडौं मिनभवनको कान्तिपुर सेभिङ्स एन्ड क्रेडिट को–अपरेरिटभ लिमिटेडका ७ जना सञ्चालकले नै संस्थाबाट ३२ करोड बढी ऋण लिएको देखिएको छ ।

समस्याग्रस्त घोषणा गरिएको र अहिले संसदको विशेष छानबिन समितिको छानबिनमा परेको सो सहकारीका ७ जना सञ्चालकले संस्थाबाट ३२ करोड ४० लाख ८१ हजार ७०५ रुपैयाँ ऋण लिएको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार सहकारीका अध्यक्ष हिमालय बिक्रम मल्ल ठकुरी, सचिव जोगलाल लामा, कोशाध्यक्ष प्रेमध्वज लामा, सदस्यहरू नारायणप्रसाद रिसाल, सानुकान्छा लामा, इन्दु थापा र देवराज पराजुलीले उक्त रकम लिएका थिए । संस्थाले ऋण लिएको एउटै व्यक्तिलाई पटक–पटक ऋण दिएको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले २६ नियम विपरित जनालाई ८९ पटकमा १ अर्ब ८० करोड ७३ लाख २० हजार ८३६ रुपैयाँ ऋण प्रदान गरेको थियो । त्यस्तै, एकै समूहका ९ जना विभिन्न कम्पनी तथा व्यक्तिहरूलाई ९२ करोड ९९ लाख ९४ हजार १६३ रुपैयाँ ऋण प्रदान गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

साथै सो संस्थाबाट ५० जना ऋणीहरूले कुल ऋणको ५७ प्रतिशत ऋण लिएको देखिएको छ । ती ऋणीहरूले सावाँ ब्याजसहित संस्थालाई बुझाउन ३ अर्ब ७४ करोड १३ लाख ३७ हजार ६५५ रुपैयाँ रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । प्रवाह गरेको ऋणको लागि आवश्यक धितो नभेटिएकोले उक्त ऋण असुल गर्न सकिन्छ भन्न नसकिने समितिले प्रतिवेदनमा विश्लेषण गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ३ : ४४ बजे

मोजाम्बिकमा आँधीका कारण ७६ जनाको मृत्यु

एजेन्सी – फ्रान्सेली द्वीपसमूह मायोटेमा आएको ‘चिडो’ नामक चक्रवातका कारण

एनपिएल विजेतालाई अध्यक्ष दाहालको बधाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल

बाँकेमा धान उत्पादनमा वृद्धि

राँझा – बाँकेमा गत वर्षको तुलनामा यसवर्ष धानखेती गर्ने क्षेत्रफल

 पाकिस्तानमा आतंकवादी आक्रमण, १६ सैनिकको मृत्यु, ८ घाइते

इस्लामाबाद– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतंकवादी

 एनपीएल विजेतालाई राष्ट्रपतिको बधाई

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग