अनियमित विद्युत् आपूर्तीले जनकपुरधामका उपभोक्ता समस्यामा  « Khabarhub

अनियमित विद्युत् आपूर्तीले जनकपुरधामका उपभोक्ता समस्यामा 


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जनकपुर– जनकपुरधाम उपमहानगरपालिकामा केही दिनयतादेखि जनकपुरधाममा देखिएको विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।  

प्रमुख मनोजकुमार साहले अत्यधिक गर्मीको प्रकोपको बेला घण्टौँसम्म विद्युत् सेवा अवरुद्ध हुनु दुर्भाग्यपूर्ण रहेको बताउँदै ट्रान्सफरमर बिग्रेको बहानामा उपभोक्तालाई दुःख दिन नपाइने बताए ।

 प्रत्येक वर्ष आयोजना हुने माँ राजदेवी, बौधीमाता तथा अन्नपूर्ण माताको पूजा व्यवस्थापनबारे आज जनकपुरधाममा सम्पन्न सर्वपक्षीय बैठकमा प्रमुख साहले एउटा होइन दुईटा ट्रान्सफर  जडान गर्नु परे गरेर विद्युत्को समस्या समाधान गर्नुपर्ने धारणा राखे ।

यता ढल्केबर जनकपुरधाम मेनलाइनको ट्रान्सफर बिग्रेको भन्दै आज महिनादिन अघिदेखि नै नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जनकपुरधामले चरम लापरबाही गर्दै आएको बताउँदै उनले समस्याको समाधान चाँडपर्वअघि नै गर्न आग्रह गरे ।

सो बैठकमा जनकपुरधाम उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र भण्डारीले विद्युत्को अनियमितता र पटकपटक लाइन काटिनुले उद्योगी व्यवसायीमा आक्रोश बढ्दै गएको समस्या भोलिका दिनमा प्राधिकरणकै लागि ठूलो समस्या बन्ने बताए ।

बैठकमा मेलामा देखिने गरेको पकेटमारी तथा चोरीको समस्यालाई निराकरण गर्नका लागि सादा पोसाकमा व्यापक प्रहरी परिचालन गरिने र स्वयंसेवकको सहकार्यमा सुरक्षा निकायले इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमख भुवनेश्वर तिवारीले व्यक्त गरे ।

सो बैठकमा भारी सङ्ख्यामा बोका बली चढाउने र सप्तमीको दिन श्रद्धालुभक्तजनको भीडलाई व्यवस्थित पार्नका लागि विभिन्न उपसमिति निर्माण गरी काम गर्न सबै पक्षले सहकार्य गर्ने निर्णय गरिएको छ ।

मेलाको आयोजना गर्दै आएका राम युवा कमिटी तथा महावीर युवा कमिटीको संयुक्त तत्वाधानमा  सम्पन्न बैठकमा जउनपाका पूर्वप्रमुख लालकिशोर साह, सशस्त्र प्रहरी धनुषाका प्रहरी नायव उपरीक्षक सुमन बोगटी, राम तथा महावीर युवा कमिटीका निवर्तमान एवं भूपु पदाधिकारीसहितका सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १२ : ५७ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा