धनुषामा सवारी दुर्घटनामा कमी, मृत्यु हुनेको संख्या पनि विस्तारै घट्दै « Khabarhub

धनुषामा सवारी दुर्घटनामा कमी, मृत्यु हुनेको संख्या पनि विस्तारै घट्दै

प्रहरी अधिकारी भन्छन्- जनचेतनाका कार्यक्रम प्रभावकारी भए


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषा जिल्लामा चालु आर्थिक वर्षको दुई महिनामा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा १ र भदौ महिनामा ४ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको धनुषा ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षको यही अवधिमा १४ जनाको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ ।

ट्राफिक प्रहरीका अनुसार गत आर्थिक वर्षमा धनुषा जिल्लाभरिमा सवारी दुर्घटनामा परेर ७४ जनाको मृत्यु भएको थियो । जसमा सबैभन्दा बढी मिथिला नगरपालिकामा १९ जना,जनकपुरधाम उपमहानगरपालिकामा ११ जना, धनुषाधाम नगरपालिकामा ११ जना, लक्ष्मिनिया गाउँपालिकामा ६ जना, सबैला नगरपालिकामा ५ जना, विदेह नगरपालिकामा ५ जना, क्षिरेश्वरनाथ नगरपालिकामा ४ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषाभरिमा यसअघि आर्थिक वर्ष २०७९/०८०मा ८४ जना र आर्थिक वर्ष २०७८/०७९ मा १ सय ५ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय जनकपुरधामका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।

धनुषामा सवारी दुर्घटनामा परेर मृत्यु हुनेको संख्या दिनदिनै घटिरहेको ओलीले बताए ।

‘पछिल्लो समय जनचेतना कार्यक्रम तीव्र बनाएका छौँ’, ओलीले भने, ‘जनचेतनाका कार्यक्रमहरू प्रभावकारी सावित भएको छ, यो हाम्रा लागि सुखद संकेत हो ।’

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  १ : २७ बजे

ला लिगा : बार्सिलोनाको जितमा राफिन्हाको दुई गोल

काठमाडौं – ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा बार्सिलोना विजयी

एनपीएल च्याम्पियन बनेपछि पौडेलले भने- उपाधि जित्न विश्वास हुनुपर्ने रहेछ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी

निर्वाचन ८१ दिन बाँकीः राजनीतिक दलको चुनाव केन्द्रित गतिविधि बढ्यो

काठमाडौं – प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल मंसिर २८ गते आइतबार तदनुसार