‘मौलिक हक कार्यान्वयन गर्न आवाससम्बन्धी कानून बन्न मात्रै बाँकी’ « Khabarhub

‘मौलिक हक कार्यान्वयन गर्न आवाससम्बन्धी कानून बन्न मात्रै बाँकी’


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानून मन्त्री अजयकुमार चौरसियाले संविधानमा उल्लेख मौलिक हकसम्बन्धी व्यवस्था कार्यान्वयनका लागि आवाससम्बन्धी कानून मात्रै बन्न बाँकी रहेको बताएका छन्।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा मन्त्री चौरसियाले मौलिक हकको सवालमा बन्न बाँकी रहेको आवाससम्बन्धी कानून सहमतिका लागि अर्थ मन्त्रालयमा रहेको बताएका हुन् ।

संविधानलाई कार्यान्वयन गर्दा देखिएको कठिनाइ हल गर्न मन्त्रालयले निरन्तर छलफल गरिरहेको उनले बताए । उनले नयाँ कानून संशोधनको सवालमा समितिभित्र बसेर छलफल गर्न सकिने धारणा राखे ।

मन्त्री चौरसियाले बालसुधारका साथै कारागारलाई सुधार गर्न आवश्यक ऐनका विषयमा पनि छलफल भइरहेको उल्लेख गरे ।

उनले मानवअधिकार आयोगसंगसम्बन्धीत कानूनको मस्यौदा मन्त्रीपरिषद् कार्यालयमा तयार भइरहेको जानकारी दिए  ।

बालअदालतका सन्दर्भमा समेत काम भइरहेको र भौतिक संरचना र सञ्चालनका विषयमा सर्वोच्च अदालतसँग पनि छलफल भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ५ : २० बजे

राष्ट्रियसभाको बहस, सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सरकार संसद्प्रति जिम्मेवार र जबाफदेही हुनुपर्नेमा जोड

भारतीय चर्चित गायक शान नेपालमा, गाएका थिए द्विभाषिक ‘मुसुमुसु हाँसिदेऊ’

काठमाडौं– नेपाली र हिन्दी शब्द समेटिएको द्विभाषिक गीत गाएका चर्चित भारतीय

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।