रवि पक्राउको चर्चाबीच रास्वपा कार्यालयमा कार्यकर्तादेखि प्रहरीसम्म « Khabarhub

रवि पक्राउको चर्चाबीच रास्वपा कार्यालयमा कार्यकर्तादेखि प्रहरीसम्म


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको सूचना पुगेपछि रास्वपाका कार्यकर्ताको भिड केन्द्रीय कार्यालयमा लाग्न थालेको छ ।

रविविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै सभापति लामिछानेलाई पक्राउ गर्न प्रहरी खटाइएको सूचना सुनेपछि पार्टी कार्यालयमा कार्यकर्ता भेला हुन थालेका हुन् । अहिले रास्वपा कार्यालयमा च:मतीमा कार्यकर्ता जम्मा भइरहेका छन् ।

अहिले त्यहाँ भिड बढेसँगै सुरक्षाका लागि प्रहरी टोली पनि पुगेको छ । बर्दीमा आवश्यक तयारीसहित प्रहरीको टोली तैनाथ छ । त्यस्तै सादा पोशाकका प्रहरी पनि त्यहाँ पुगेका छन् ।

प्रहरीको टोली कार्यालय परिसरभित्र छिरेर पनि बाहिर निस्किएको छ । अहिले प्रहरी टोली भ्यानसहित रास्वपा कार्यालयबाट केही बाहिर बसेको छ ।

रास्वपाले कार्यकर्ता उपस्थित हुन आग्रह गरेपछि उनीहरू पुगेका हुन् । ‘हाल पार्टी कार्यलय च:मतीमा पार्टीका केन्द्रीय सदस्य, सचिवालयका सदस्य र रविका निजी वकिल पनि पुगिसकेका छन्’, एक कार्यकर्ताले भने ।

जरुरी पक्राउ पुर्जी जारी भइसकेपछि नेपाल प्रहरीले एउटा उच्चस्तरीय टोली लामिछानेलाई पक्रन परिचालन गरिसकेको स्रोतले जनाएको छ ।

जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट सहकारीमा मुछिएका लामिछानेलाई पक्राउ पुर्जी जारी भएको हो ।

गोर्खा मिडिया नेट्वर्कका अर्का सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई पनि प्रहरीले काठमाडौंको शंखमूलबाट पक्राउ गरिसकेको छ ।

 

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : ४८ बजे

क्यानडालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ – स्विट्जरल्यान्ड क्यानडालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को

हाइटीलाई ४-२ गोलले हराउँदै मोरक्को नकआउट चरणमा

काठमाडौँ – हाइटीको कडा चुनौतीलाई पन्छाउँदै मोरक्को फिफा विश्वकप २०२६

ह्याट्रिक गर्न चुके ब्राजिलका विनीसियस जुनियर

काठमाडौँ – स्टार फरवार्ड विनीसियस जुनियरको उत्कृष्ट प्रदर्शनको मद्दतले ब्राजिल

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित, अन्तिम ३२ को समीकरण रोचक

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६