मैले केही बिराएको छैन, म डराउँदिन : रवि लामिछाने « Khabarhub

मैले केही बिराएको छैन, म डराउँदिन : रवि लामिछाने


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले केही नबिराएको बताएका छन् । लामिछाने पक्राउ पर्ने चर्चाबीच पार्टी कार्यालयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानले आफूले केही नबिराएका कारण नडराउँने बताएका हुन् ।

उनले भने, ‘ मैले केही बिराएको छैन । म डराएको पनि छैन् । सबैलाई हेक्का रहोस् रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन । बेचेका मान्छेलाई बचाएर राजनीतिमा आएको हो। कसैको बयानले पुगेको छैन स्पष्ट छ । संसदीय समितिले छानबिनका क्रममा काहीँ कतै कुनै पनि किसिमको संलग्नता छैन भन्छ । म भागेर लुकेर डराएको होइन। म भागेको पनि छैन लुकेको पनि छैन। सरकारले जुन ट्रायल गरिरहेको छ मैले बुझ्न सकेको छैन के हो ?’

उनले थपे, ‘मैले राजनीति प्रतिवेदनमा पनि स्पष्ट पारेको थिए। अन्याय गर्न पाइँदैन कसैको सहनशीलता चाहिँदैन।’ रविले सहकारीको रकम अपचनबारे छानबिनलाई सघाउन तयार रहेको बताएका छन् ।

उनले भने, ‘छानबिनलाई सघाउन तयार छु । तर यो पञ्चायत शैली ठिक भएन । सरकार एउटा मान्छेसँग नयाँ आउँदै गरेको दलसँग डराएको ठिक भएन । म अनि हिजो पनि अन्यायको शिकार भएको आज पनि निरन्तर घेराबन्दीमा छु। कानुनी रूपमा राजनीतिक रूपमा र नैतिक रुपमा जुन ठाउँमा पनि सत्यका लागि लड्न तयार छु। षड्यन्त्र गरेर लडाउने होइन कसैको राजनीति जोगाउन मलाई षड्यन्त्र गर्नु पर्दैन । जनताको प्रतिनिधिप्रति यो तहको प्रहार मलाई स्वीकार्य छैन।’

याे पनि

रवि पक्राउको चर्चाबीच रास्वपा कार्यालयमा कार्यकर्तादेखि प्रहरीसम्म

रविलाई संकट आउँदै गर्दा स्वर्णिमसहित रास्वपाका १४ नेता चीनमा

 

 

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  १० : ०४ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न