आज २०८१ साल असोज ७ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल असोज ७ गते सोमबारको राशिफल


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असोज ७ गते सोमबार तदनुसार सन् २०२४ सेप्टेम्बर २३ तारिख। षष्ठी श्राद्ध। आश्मिन कृष्ण पक्षको षष्ठी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आज तपाईंको धनलक्ष्मी योग परेको छ। गुमिसकेको धन हात लाग्ने दिन छ। राजनीतिक र सामाजिक क्षेत्रमा नाम र दाम प्राप्त हुनेछ। लगानीको क्षेत्रमा वैदेशिक क्षेत्रको प्रयासबाट उन्नति प्रगति हुनेछ। परिवारमा शान्त वातावरण रहने दिन छ।

वृष : बोलीमा मिठास छ। दुःखीका लागि बोल्दा फाइदा हुनेछ। सामाजिक, राजनीतिक क्षेत्रमा विशेष अवसर मिल्नेछ। लगानीका स्रोतमध्ये शिक्षामा गरेको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ। पारिवारिक जमघटको अवसर मिल्नेछ।

मिथुन : उद्योग, कलकारखानामा लगानी गरेको भए फाइदा हुनेछ। अर्काको कुरा सुन्नाले मनमा अनावश्यक चिन्ता थपिनेछ। स्वास्थ्यमा समस्या देखिने भएकाले सतर्क हुनु आवश्यक छ। परिवारमा मेलमिलाप र परोपकारको भावना जागृत हुने दिन छ।

कर्कट : अढैया शनिको सामना गर्दै हुनुहुन्छ। तर शुभ ग्रहको बहुमत रहेकाले हरेक ठाउँमा तपाईको नाम र दामको चर्चा हुनेछ। रोगबाट मुक्ति मिल्नेछ। लगानीका क्षेत्रमध्ये प्राविधिक क्षेत्रमा उन्नति प्रगति हुनेछ। पारिवारिक प्रेममा थोरै बोलेर जित्ने दिन छ।

सिंह : आज भाग्यस्थानमा शुभग्रहको बहुमत रहेको दिन छ। बिहानै आफ्ना अग्रजको आशिर्वाद लिएर गरेको काममा सफलता मिल्नेछ। अध्ययन अध्यापनमा जाँगर चल्नेछ। पारिवारिक प्रेममा महत्वकांक्षी हुनाले अपमान भोग्नुपर्ने हुनसक्छ। सावधानी अपनाउनुहोला।

कन्या : आज तपाईंको इच्छा पूरा हुने क्रममा छ। राजनीतिक संगठनको बलमा ठूला काम बन्नेछन्। पारिवारिक प्रेममा सुमधुरता बढ्नेछ। नयाँ सम्बन्ध बन्ने योग छ। राज्यका अंगमा समेत तपाईंको नामले चर्चा कमाउने दिन छ।

तुला : आफ्नो रुपमा र घरगृहको विरासतमा मन आकर्षित हुनेछ। शत्रु बढ्नेछन्। परिवारको साथ सहयोग मिल्नेछ। अनुशासनमा बसेर गरेको काम सफल बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

वृश्चिक : धार्मिक आस्थाप्रति सजगता अपनाउनुहोला। आफ्नो काम देखाएर अरुको मन लोभ्याउन सकिनेछ। यात्रामा महत्त्वपूर्ण सामान हराउने हुँदा सचेत बन्नु राम्रो हुनेछ। मेहनतको फल प्राप्त हुने दिन छ।

धनु : अरुलाई प्रभावित गरेर आफ्नो काम बनाउने योग छ। शुभ कार्यको चर्चा परिचर्चा हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। धर्ममा विश्वास, आस्था बढ्नेछ। पारिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : धैर्यताका साथ गरेको कामबाट सफलता मिल्नेछ। जुनसुकै क्षेत्रमा पनि मेहनतको खाँचो देखिन्छ। सामाजिक क्षेत्रमा मानसम्मान बढ्नेछ। नयाँ वस्त्र, अलङ्कार प्राप्त हुनेछ। परिवारसँगको प्रेम सम्बन्धमा धोक हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

कुम्भ : मन अशान्त हुनसक्छ। दैनिक काममा उत्साह र उमङ्गको कमी हुनेछ। सानातिना समस्यामा अल्झनुपर्नेछ। सानो कुराले महत्त्वपूर्ण काम प्रभावित हुने देखिन्छ। पारिवारिक सल्लाहमा अघि बढ्दा सफलता मिल्नेछ।

मीन : मन खुशी हुनेछ। लामो समयदेखि रोकिएका अधुरा काम बन्नेछन्। साथीभाइको सहयोग प्राप्त हुनेछ। अरुको भलाइका लागि दौडधुप गर्नुपर्नेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ५ : १४ बजे

सुनिल पौडेललाई साढे आठ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना

काठमाडौं- विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई

सम्पत्ति विवरण संकलन र छानबिन स्थगित

काठमाडौं– सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन र छानबिनसम्बन्धी सम्पूर्ण

एक वर्षमा २७४ जनामा डेङ्गु सङ्क्रमण

चितवन–  चितवन जिल्लामा गएको एक वर्षमा २७४ जनामा डेङ्गु रोगको

सरकारको लक्ष्यअनुसार ‘ब्याकलग’का ३१ लाख लाइसेन्स छपाइ सम्पन्न

काठमाडौं – सरकारले असार मसान्तभित्र छपाइ हुन बाँकी रहेका सवारी चालक

अमेरिका–इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह

इस्लामाबाद- अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किरहेका बेला पाकिस्तानले