देशभर फैलियो डेंगु, संक्रमितको संख्या ११ हजार नाघ्यो  « Khabarhub

देशभर फैलियो डेंगु, संक्रमितको संख्या ११ हजार नाघ्यो 


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं देशभरका सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको छ।

हाल देशभरका जिल्लामा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार पाँच सय ४५ जनामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरणमा उल्लेख छ ।

 हालसम्म डेंगु रोगको सङ्क्रमणबाट यो वर्ष ६ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ। डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ ।

पछिल्लो समय डेंगुले विकराल रूप लिएको छ । डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। डेंगुको भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ । अहिले देशका ७७ वटै जिल्लामा यो रोग देखा परेको छ ।

डेंगुका धेरैजसो बिरामीमा ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने शरीरमा डाबरहरु आउने, जोर्नी तथा मांसपेशीहरू बेस्सरी दुख्ने आदी लक्षणहरू देखा परेको चिकित्सकहरू बताउँछन् ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  २ : ०९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै