नेप्से ५९ अंकले घटेर २४०० विन्दुको नजिक, कारोबार कति ? | Khabarhub Khabarhub

नेप्से ५९ अंकले घटेर २४०० विन्दुको नजिक, कारोबार कति ?


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार २४०० विन्दु नजिक पुगेको छ । आज नेप्से ५९.०२ अंकले घटेसँगै नेप्से परिसूचक २५२९.३३ विन्दु कायम भएको छ । अब नेप्से ३० अंकले घटेमा नेप्सेले २४०० विन्दुमा आउने छ । 

आज प्रि-ओपन सेसनमा १९ अंकले बढेर सुरु भएको शेयर बजार खुल्नासाथ निरन्तर ओरालो लागेको छ । आज दिनभरमा बजारले एक पटक पनि माथि जान सकेन ।

बजार खुलेपनि राताम्य भएको बजार बन्द हुँदा भने ५९ अंकले घटेर बन्द भयो । बजार बन्द हुनुभन्दा २० मिनेट अगाडि नेप्से परिसूचक २५१७ विन्दुमा रहेको थियो । तर बजार बन्द हुनु भन्दा २ मिनेट अगाडि बजार केही माथि गएर बन्द हुँदा भने २५२९ विन्दु कायम रह्यो । 

सोमबार नेप्से २.२८ प्रतिशतले घट्ता ५ अर्ब ६६ करोड ३ लाख २ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता शेयर कारोबार भएको छ । 

आज १४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।  सोमबार ३२९ कम्पनीको शेयर किनबेच हुँदा ७७ हजार १५३ पटक शेयर किनबेच भएको छ । 

आज १३ वटा समूहमध्ये सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ५.५६ प्रतिशतले घटेर २ हजार ८५१.६८ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.४८ प्रतिशतले घटेर २०.८७ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह १.२७ प्रतिशतले, विकास बैंक २.४६ प्रतिशतले, होटल एण्ड टुरिजम ३.३४ प्रतिशतले, हाइड्रोपावर २.८९ प्रतिशतले, लगानी समूह २.७३ प्रतिशतले, जीवन बीमा २.३५ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.८१ प्रतिशतले, लघुवित्त २.५६ प्रतिशतले, निर्जीवन बीमा २.६९ प्रतिशतले, अन्य समूह २.२२ प्रतिशतले र ट्रेडिङ समूह ३.९३ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ३ : १६ बजे

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर– जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि