दुई महिनामा आयात वृद्धि, डिजेल धेरै, स्मार्टफोन सातौँ स्थानमा « Khabarhub

दुई महिनामा आयात वृद्धि, डिजेल धेरै, स्मार्टफोन सातौँ स्थानमा


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को दुई महिनामा गत आवको सोही महिनाको तुलनामा आयात बढेको छ ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको पहिलो दुई महिनामा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार रुपैयाँ बराबरको आयात भएको छ । सो आयात अघिल्लो आवको सोही अवधिको तुलनामा १.०८ प्रतिशतले बढी हो ।

विभागका अनुसार चालु आवको दुई महिनाको अवधिमा भने निर्यात घटेको छ । चालु आवको दुई महिनामा २५ अर्ब ९ करोड ३१ लाख ३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । तथ्याङ्कले समीक्षा अवधिमा गत आवको सोही अवधिको तुलनामा १.७८ प्रतिशतले नेपालको व्यापार घाटा बढेको देखाएको छ ।

विभागको तथ्याङ्कअनुसार चालु आवको दुई महिनाको अवधिमा नेपालमा सबैभन्दा धेरै डिजेलको आयात भएको छ । तथ्याङ्कले समीक्षा अवधिमा १३ अर्ब ६४ करोड ५२ लाख ५० हजार बराबरको डिजेल आयात भएको देखाएको हो ।

सो अवधिमा पेट्रोल, एलपी ग्यास, फलाम, युरिया मल, स्मार्टफोन लगायतका वस्तुहरू धेरै आयात हुने वस्तुहरूमा रहेको विभागको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्कअनुसार सो अवधिमा ६ अर्ब ७० करोड ८१ लाख ५८ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ । जुन आयात भएका वस्तुहरूमध्ये सातौँ धेरै मूल्य बराबरको रहेको छ । 

यस्तै, दुई महिनाको अवधिमा दुई अर्ब बढीको ल्यापटप, नोटबुक र ट्याबलेट आयात भएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा नेपालमा २ अर्ब १ करोड ८० लाख ६१ हजार रूपैयाँ बराबरको ल्यापटप, नोटबुक र ट्याबलेट आयात हो ।
सो अवधिमा सबैभन्दा धेरै ल्यापटप तथा नोटबुक चीनबाट आयात भएको छ । समीक्षा अवधिमा चीनबाट १ अर्ब ७२ करोड २० लाख १३ हजार बराबरको ल्यापटप तथा नोटबुक आयात भएको हो ।

त्यस्तै, विभिन्न मुलुकबाट नेपालमा ११ करोड ९ लाख ६३ हजार रूपैयाँ बराबरको ट्याबलेट आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  १० : ३४ बजे

मुलुकको विकासका लागि सकारात्मक सोच आवश्यक : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको विकासको यात्रालाई अघि बढाउन

शशांकले भने- बीपीले शेरबहादुरलाई ‘पश्चिमको राजकुमार’ भन्नुहुन्थ्यो, उहाँ आएपछि भेला सफल भयो

काठमाडौं– नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाली कांग्रेसलाई एकजुट बनाउने

खगेन्द्रको भनाइबारे गृहमन्त्रीले भने- उजुरीको भरमा कोही न्यायाधीश नबनौँ, सरकारको स्पिरिटमा प्रहरी खटेको छ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा

‘हामी महाधिवेशनमा गइसक्यौँ, देउवा समूहको भेलाले पार्टीलाई असर पुर्‍याउनु हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा समूहले

राजावादीमा फुटको रोग : दुई महिनामै धवलले दुर्गालाई छोडेर दर्ता गरे पार्टी

काठमाडौं– राजतन्त्रवादी राजनीतिमा पुनः एकपटक विभाजन र ध्रुवीकरण देखिएको छ।