असोजयता उपत्यकामा फैलिँदो डेंगु, बिरामीले भरिँदै शुक्रराज अस्पताल « Khabarhub

असोजयता उपत्यकामा फैलिँदो डेंगु, बिरामीले भरिँदै शुक्रराज अस्पताल


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दशैँतिहार जस्ता ठूला चाडवाड नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा मानिसहरू बिरामी पर्ने क्रम पनि बढ्दै गएको छ ।

चिसो मौसम सुरु भइनसकेको र मनसुन पनि बाँकी रहेको अवस्थामा काठमाडौंमा असोज लागेयता डेंगुका बिरामीको संख्या बढ्दै गएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा डेंगुका बिरामीको संख्या बढ्दै गएको छ।

अस्पतालका आकस्मिक कक्षका इन्चार्ज भालेश्वर यादवका अनुसार १० दिनयता डेंगु संक्रमितको संख्यामा उल्लेख वृद्धि भएको छ ।

‘असोज १ गते ११ जना, २ गते ३ जना, ३ गते जना २३, ४ गते २८ जना, ५ गते १९ जना र ६ गते १७ जना आकस्मिक कक्षमा भर्ना भएका छन्’, उनले भने, ‘यसअघि साउनमा ११ र भदौ महिनाभर ५३ जना मात्रै डेंगुका संक्रमित भर्ना भएका थिए ।’

नेपालमा अघिल्लो पुसदेखि सुरु भएको डेंगु संक्रमणका कारण ११ हजार ५४५ जना संक्रमित भइसकेका छन् । अहिलेसम्म उपत्यकामा डेंगुबाट जनाको मृत्यु भइसकेको तथ्यांक सरकारसँग छ ।

 

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ६ : १८ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा