एसेम्बल्ड प्लान्ट राखेर देशभित्रै सवारी साधन उत्पादन गर्नुपर्छ : अर्थमन्त्री « Khabarhub

एसेम्बल्ड प्लान्ट राखेर देशभित्रै सवारी साधन उत्पादन गर्नुपर्छ : अर्थमन्त्री


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  आजदेखि राजधानीको भृकुटीमण्डपमा सवारी साधनको कुम्भ मेला ‘नाडा अटो शो २०१९’ शुरु भएको छ । सवारीसाधनहरुको भव्य प्रदर्शनी तथा ठूलो मेला नाडा अटो शो १४औँ संस्करणको अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरे ।

नाडा अटो शोको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले मुलुकको औद्योगिकरणका लागि एसेम्बल्ड प्लान्ट राख्नु पर्ने बताए । उनले आयातित सवारीबाट आम्दानी बढाउनुभन्दा एसेम्बल्ड प्लान्ट राखेर देशमै उत्पादन थाल्नु पर्ने बताएका हुन् । सरकारले विद्युतीय गाडीको एसेम्बल प्लान्टलाई प्राथमिकतामा राखेको पनि उनले जानकारी दिए ।

दश वर्षमा चार गुनाले सवारी साधन आयात भएकोमा चिन्ता ब्यक्त गर्दै अर्थमन्त्रीले आयातित सवारीलाई कम गर्दै देशभित्रै गाडीको उत्पादन थाल्नुपर्ने धारणा राखे ।

अर्थमन्त्रीले सार्वजनिक सवारीसाधन विद्युतीय बनाइने तथा बाँकी सवारी साधन हाइब्रिडमा लाने समेत बताए । उनले आयातित उर्जाको सट्टा आफ्नै देशको उर्जा प्रयोग गरेर हाइब्रिड गाडी संचालन गर्नुपर्ने धारणा राखे । यसैगरी सवारी साधन नवीकरण गर्नका लागि अनलाईन मार्फत सबै विवरण राख्नुपर्ने ब्यवस्था गरी सहज बनाइने जानकारी पनि अर्थमन्त्रीले दिए ।

यसपटकको शोमा १ सय ६० वटा स्टल र ब्लकहरु रहेको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जानकारी दिएको छ । यो प्रदर्शनीमा सवारीसाधनबाहेक तिनका पार्टपुर्जा, विभिन्न सेवाहरु समेत उपलब्ध हुने आयोजकले जनाएको छ ।

चाडपर्वको पूर्वाद्र्धमा आयोजना भएको शोमा सवारीसाधन व्यवसायी, ग्राहकहरु र अटोमाबाइलसँग प्रत्यक्ष/अप्रत्यक्ष रुपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने आयोजकले जनाएको छ ।

१४औँ संस्करणको शोमा २३ ब्रान्डका चारपांग्रे सवारीसाधन, १९ ब्रान्डका दुई पांग्रे, १२ ब्रान्डका लुब्रिकेन्ट, नौ ब्रान्डका टायर, पाँच ब्रान्डका ब्याट्री, १४ पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तीय संस्थाहरु समेत सहभागी छन् ।

६ दिनसम्म चल्ने शोमा ७५ हजार मानिसले अवलोकन गर्ने अपेक्षा रहेको अटो शो संयोजक निराकार श्रेष्ठले बताए । अवलोकनकर्ताहरुका लागि २ सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीहरुलाई छुटमा १ सय ५० रुपैयाँमै टिकट उपलब्ध गराइने छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  २ : ५४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह