साउन महिनामा १ खर्ब ३७ अर्बको रेमिट्यान्स भित्रियो  « Khabarhub

साउन महिनामा १ खर्ब ३७ अर्बको रेमिट्यान्स भित्रियो 


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं चालू आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशी विप्रेषण (रेमिट्यान्स) बापत १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आव २०८१-०८२ को पहिलो साउन महिनामा विदेशबाट १ खर्ब ३७ अर्बको रेमिट्यान्स भित्रिएको हो ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाह १८.० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ ।  अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३६,९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२,६४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३९,१५२१६,४२३ रहेको थियो ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  १ : २९ बजे

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

झापा– जिल्ला पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्षमा ५१

मकवानपुरबाट पेस्तोल र म्यागजिनसहित १९ वर्षीय युवा पक्राउ

हेटौँडा – मकवानपुरको बागमती गाउँपालिका–०९ बेतिनी अगौटेबाट प्रहरीले एक थान

साउनको अन्तिम सोमबार : पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी